बुधवार, जेष्ठ ०९ गते, २०७५
आइतवार, २०७५ बैशाख १६ गते २३:१६


राष्ट्र बैंकले हालसम्म ४ खर्ब ७३ अर्ब ३८ करोड रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याएको छ।

राष्ट्र बैंकले २०७३ फागुन मसान्तसम्ममा विभिन्न दरका ४ खर्ब १९ अर्ब २८ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकोमा २०७४ फागुन मसान्तसम्ममा थप ५४ अर्ब १० करोड बराबरको नोट निष्काशन भएको जनाएको छ।

गएको एक वर्षको अवधि ९२०७३ चैतदेखि २०७४ फागुन मसान्तसम्म० मा विभिन्न दरका १ खर्ब ८७ अर्ब ७६ करोड बराबरको ८० करोड ४० लाख थान नयाँ नोट बैंकमा भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विभिन्न दरका ७४ अर्ब ३० करोड रुपैयाँ बराबरको ३६ करोड ४० लाख थान नयाँ नोट बैंकमा भित्रिएका थिए।
 
नोट कोषको ढुकुटीको बिमा रकममा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ अर्ब १० करोडले वृद्धि भई आर्थिक वर्ष २०७४÷०७५ मा २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। २०७४ चैत मसान्तसम्मको अवधिमा २ वटा नोट कोषहरु सञ्चालन भएका छन्। २०७४ फागुन मसान्तसम्ममा ४९ अर्ब ८९ करोड रुपैयाँ नोट कोषमा मौज्दात रहेको छ।

आर्थिक गतिविधिको विस्तारसँगै मुद्राको चलनचल्ती बढ्दै गएको र अर्थतन्त्रको मौद्रिकीकरणमा सुधार भइरहेकोले मुद्राको सहज आपूर्ति गर्दै आएको राष्ट्र बैंकले जनाएको छ।

बैंकले आवश्यकता अनुसार सहजरुपमा मुलुकभर नेपाली नोटको व्यवस्था गर्ने प्रयोजनको लागि कम्तीमा ३ वर्ष ३ महिनाका लागि धान्ने नोट स्टक राख्न नीतिगत व्यवस्था अनुसार नोट छपाई सम्बन्धी कार्य गर्दै आएको छ।
नेपाल लाइभबाट 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सेञ्चुरी बैंकको नयाँ शाखा ललितपुरको सातदोबाटामा
2.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
3.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
4.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
5.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
6.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
7.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
8.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
9.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
10.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
11.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
12.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
13.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
14.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
15.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
16.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
17.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
18.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
19.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
20.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
21.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
22.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
23.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
24.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
25.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
Results 856: You are at page 1 of 35
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media