बुधवार, जेष्ठ ०९ गते, २०७५
बुधवार, २०७५ बैशाख १२ गते २३:२३

अमेरिकाको गृह मन्त्रालय मानिने डिपार्टमेन्ट अफ् होमल्याण्ड सेक्युरिटीले करीब ९ हजार नेपालीहरुको अस्थाथी बसोबास अनुमति रद्द गर्ने तयारी गरेको छ । 
 
यो कदम ट्रम्प प्रशासनले अस्थायी हैसिसयतमा अमेरिका बसिरहेका विदेशीहरुलाई निकाल्न चालिरहेको श्रृङ्खलाबद्ध कारवाही मध्ये एक हो । 
 
वासिन्टन पोष्टले प्राप्त गरेको आन्तरिक योजनाको कागजात अनुसार होमल्याण्ड सेक्युरिटी सचिव किरस्टजेन निल्सेनले नेपालीहरुलाई बहिगर्मनको लागि एक वर्षको समय अतिरिक्त समय दिनेछिन् । त्यसैले उनीहरुले सन् २०१९ को जुन २४ बाट भने देश निकाला हुनेछन् । 
 
तीन वर्षअघि २५ अप्रिल २०१५ मा नेपालमा गएको बिनासकारी भूकम्पपछि नेपालीहरुलाई अस्थायी सुरक्षा हैसियत (टीपीएस) प्रदान गरेर अमेरिकामा कानुनी रुपमा रहनको लागि अनुमति दिइएको दियो । 
 
टीपीएस प्राकृतिक प्रकोप, द्वन्द र अन्य संकटले अस्थीर भएको देशका नागरिकलाई तिनको देश फर्काउन बाध्य नपार्नका लागि सन् १९९० मा अमेरिकी कङ्ग्रेसले बनाएको थियो । 
 
ट्रम्प प्रशासनमा रहेका आप्राबासी मामलाका हार्डलाइनरले लागू भएका सबै टीपीएस रद्द गर्न दवाब दिइरहेका छन् । हालैको महिनाहरुमा होमल्याण्ड सेकुरिटी विभागले टीपीएस लागू भएर अमेरिकामा बसिरहेका २ लाख सल्भाडोर नागरिक, ५० हजार हैटीबासी र थोरै सङ्ख्यामा निकारागुयाली र सुडानीहरुका आबास अनुमति रद्द गरिसकेको छ । 
 
ट्रम्पको प्रशासनका अधिकारीहरुले ‘टीपीएस अमेरिकामा गैरकानुनी पसेका वा कानुनी हैसियत सकिएका विदेशी नागरिकहरुको लागि दीर्घकालको आबासको कहिल्यै पनि थिएन’ भनेका छन् । कानुन अनुसार होमल्याण्ड सेकुरिटी विभागले टीपीएस रद्द गर्नुभन्दा अघि विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) बाट उक्त देशको हालको अवस्थाको विवरण लिनु आवश्यक हुन्छ ।
 
“हामी हरेक देशको टीपीएस हैसियत निर्धारण गर्न ती देशहरुको अवस्था पुनरावलोकन गर्दै जानेछौं” निइल्सेनले जनवरीमा जारी गरेको एक वक्तव्यमा भनिएको छ । 
 
निइल्सेनले मे ६ सम्ममा होण्डुरसका ५७ हजार पीपीएस पाउनेहरुको बारेमा निर्णय गर्दै छिन् । होण्डुरसका नागरिक विगत दुई दशकदेखि अमेरिकामा यो हैसियतमा बसोबास गरिरहेका छन् । ट्रम्प प्रशासनले उनीहरुको अस्थायी आबासको अनुमति रद्द गर्ने संकेत गरेको छ।
 
नेपालीहरुको टीपीएस रद्द गर्ने निर्णयले अरु देशहरुको सम्बन्धमा निर्णय हुँदा भन्दा कम ध्यान तानेको छ । कङ्ग्रेस अनुसन्धान सेवाका अनुमान अनुसार नेपालको भूकम्प पछि १५ हजार नेपाली नागरिकहरु टीपीएस हैसियत लिएको भए पनि ९००० नागरिक मात्र अमेरिकामा यो हैसियता बसिरहेका छन् । नेपालीहरु मुख्यत न्यूयोर्क सहर वरपर केन्द्रित छन् ।
 
होमल्याण्ड सेकुरिटी विभागका अधिकारीहरुका अनुसार हाल सम्म निइल्सनले नेपालीहरुको सम्बधमा हस्ताक्षर भने गरेकी छैनन् तर आन्तरिक कागजातका अनुसार केही दिनमै यो विभागले यसको घोषणा गर्ने तयारी गरिरहेको छ ।
 
होमल्याण्ड सेकुरिटी विभागकी सचिवले टीपीएसको अन्तिम मिति भन्दा ६० दिन अघि यो निर्णय गर्नु पर्छ । नेपालको सन्दर्भमा यो अन्तिम मिति आज बुधबार हो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
2.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
3.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
4.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
5.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
6.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
7.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
8.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
9.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
10.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
11.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
12.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
13.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
14.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
15.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
16.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
17.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
18.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
19.   कतारले कामदारको क्षतिपूर्ति दिने
20.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
21.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
22.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
23.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
24.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
25.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
Results 555: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media