बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख ०९ गते ००:५६

पि.वि श्रेष्ठ, मस्कट ओमान / सगरमाथा समुह ओमानको आयोजनामा नयाँवर्ष २०७५ को स्वागातार्थ बनभोज कार्यक्रम तथा समुहको अधिवेशन सम्पन्न भएको छ ।  बर्का मस्कटको फार्म हाउसमा सम्पन्न कार्यक्रमले नगेन्द्र पौडेलको अध्यक्षतामा २१ सदस्यिय निर्विरोध कार्यसमितिसमेत चयन गरेको छ । 
 
निर्वमान अध्यक्ष राजेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिकारुपमा गैरआवासीय नेपाली संघका सचिव डि.वि छेत्री, बिशेष अतिथिकारुपमा एनआरएन सोसल क्लव ओमानका अध्यक्ष दिपक श्रेष्ठ तथा अतिथिहरुमा ओमानमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए । 
 
सन् २००७ मा स्थापित यस समुहले बिभिन्न साजाजिक कार्यहरु, नेपाली संस्कृति जर्र्गेना गर्ने कार्यक्रमहरु र प्रवासमा पनि नेपाली खेल क्षेत्रलाई सक्रिय राख्ने काम गदै आईरहेको जानकारी दिदै निर्वाचन समितिका संयोजकसमेत रहेका एनआरएन सोसल क्लवका अध्यक्ष दिपक श्रेष्ठले उम्मेदवारहरुको नामावली प्रस्तुत गरेका थिए । कुनैपनि पदमा दोहोरो उम्मेदवारी नपरेकोले श्रेष्ठले सोही नामावलीलाई अनुमोदन गरि नयाँ कार्यसमितिको गठन भएको घोषणा गरेका थिए ।
 
नवगठित कार्यसमितिमा बरिस्ठ उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, उपाध्यक्षमा पदम अधिकारी, महासचिवमा भिम निरौला, सचीवमा रमेश लावति लिम्बु, कोषाध्यक्षमा अष्टमान कोजु, सह–कोषाध्यक्षमा तिलक दर्जी, युवा तथा खेलकुद संयोजकमा जितबहादुर लावती, प्रबक्तामा कृष्ण खड्का, कला तथा सास्कृतिक संयोजकमा देबि मगर तथा नवराज गुरुङ चयन भएका छन् ।


 
यसैगरी सदस्यहरुमा शंकर अधिकारि, इश्वर श्रेष्ठ, दिलिप शर्मा, राजु सुनार, भिम थापा, रुद्र बहादुर मगर, राज कुमार बि. क., सचिन राज गिरी, प्रकाश पोख्रेल, ललित कुमार राई र सन्जय ठाकुर चयन भए ।
 
सर्वसम्मतीले चयन भएका नवगठित समितिका पदाधिकारीहरुलाई खादा तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । नवगठित समितिलाई बधाई दिदै प्रमुख अतिथि एनआरएनएका सचिव डि.बि छेत्रीले यो निकै जोशिलो युवाहरुको समुह भएको र सवाजसेवाका क्षेत्रमा उल्लेखनिय कार्यहरु गर्दै आईरहेको बताए ।


 
कार्यक्रममा नवनियुक्त अध्यक्ष नगेन्द्र पौडेलले सगरमाथा समुह गैरराजनितिक संस्था भएको र यसले समाजसेवाका क्षेत्रमा काम गर्ने भएकाले नेपाली नियोग, गैरआवासीय नेपाली सोसल क्लव लगायत ओमानमा रहेका सवै संस्घसंस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्ने बताए । समाजसेवा, खेलकुद, पर्यटन, वैदेशिक रोजगारी तथा नेपाली संस्कृति जर्गेना जस्ता बिषयको सेरोफेरोमा रहेर काम गर्ने प्रतिवद्धतासहित पौडेलले आफ्नो कार्यकाल २०१८–२०२० का लागि ५ बुँदे घोषणापत्र पनि जारी गरेका छन् । 
 
नवगठित कार्यसमितिले संरक्षकमा राजेन्द्र चौधरी, बिशेष सल्लाहकारमा दिपक श्रेष्ठ, बरिष्ठ सल्लाहकारमा सागर अधिकारी र सल्लाहकारमा रविन शिल्पकारलाई चयन गरेको छ । कार्यक्रममा आमन्त्रित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नवगठित समितिलाई बधाई दिएका थिए । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
2.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
3.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
4.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
5.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
6.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
7.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
8.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
9.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
10.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
11.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
12.   दुबईमा नेपाली ब्राण्डको पानी
13.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
14.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
15.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
16.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
17.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
18.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
19.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
20.   रसुवाली समाज यूएईको गठन
21.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
22.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
23.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
24.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
25.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
Results 391: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media