बुधवार, जेष्ठ ०९ गते, २०७५
दीप थापा, कफी व्यवसायी
विहिवार, २०७५ बैशाख ०५ गते ००:५२

दीप थापासँग धेरै खालका अनुभव छन् । समाजसेवा, साहित्य, व्यवसाय आदि उहाँका परिचय पनि हुन् । २०४३ सालमा काठमाडौं महाराजगञ्जमा जन्मिनु हुने थापा हिजोआज कफी व्यवसायमा समर्पित हुनुहुन्छ । कृष्णबहादुर थापा र श्याम कुमारी थापाका सुपुत्र दीपसँग कफीका अनेक अनुभवहरु छन् । उहाँसँग गरिएको छोटो वार्ता  :

तपाईको शैक्षिक योग्यता कति हो ?
मैले १२ कक्षा पास गरेँ नवोदित कलेजबाट ।

पढ्दा पढ्दै कसरी आकर्षित हुनु भयो व्यवसायतिर ?
मेरो सुरुदेखि नै व्यवसाय गर्ने लक्ष्य थियो । साथीहरु र दाइहरुको सल्लाहले म कफीतिर आकर्षित भएको हुँ ।

कति वर्ष भयो ?
१० वर्ष जति भयो यो व्यवसायतिर लागेको । अब त जीवनभरी यही पेशामा रहन्छु ।

किन नि ?
यो पेशामा स्वतन्त्रता छ । सेवा गर्न पाइन्छ । यो पेशाले मलाई आत्मबल पनि बढाएको छ ।

कसरी आकर्षित हुनु भयो त ?
व्यापारकै क्रममा दाइहरु राजकुमार श्रेष्ठ, लेखराज भट्टराईसँग सम्पर्क भयो । त्यसपछि उहाँहरुले दिएको सल्लाह अनुसार मैले व्यवसाय गर्दै गएँ । त्यस्तै मेरा दाइ विष्णु थापाको सुझावले पनि मलाई व्यवसाय गर्ने आँट थप्यो । त्यसपछि म निरन्तर रुपमा कफी व्यवसायमा लागेँ । आज मेरो लगन र दाइहरुको सहयोगले यो उन्नतिसम्म आइपुगेको छु ।

कहाँ–कहाँ छ तपाईको व्यवसाय ?
ठमेल, सानेपामा मुख्य रुपमा छ । त्यसपछि बौद्ध, चावहिल र पाटनमा पनि यो व्यवसाय छ ।

नेपालमा कफीतिर कत्तिको आकर्षित छन् ?
नेपालीहरु कफीतिर बिस्तारै आकर्षित हुँदै छन् । कफीको स्वाद, लाभ, आनन्द र यसको फाइदातर्फ आकर्षित छन् । औषत रुपमा सबै उमेरकाहरु यतातिर आकर्षित छन् ।

तपाई कफीका मेशिनहरु पनि बिक्री वितरण गर्नु हुन्छ ?
हजुर गर्दछौं । रोयल ब्राण्डको मेशिन सप्लाई गर्छु । यसमा आरु दाइहरुको सहयोग पनि छ । हामी आधिकारिक बिक्रेता हौँ– रोयल ब्राण्डको ।



कस्तो छ रोयल ब्राण्डको मेशिनको बजार ?
निकै राम्रो छ । अरुभन्दा बढ्ता क्वालिटी छ । मेशिनको क्यापासिटी बढी छ । गुणस्तर राम्रो भएकोले हरेक महिनामा राम्रोसँग माग भइरहेको छ यो मेशिनको । हामी इटालीबाट मगाइरहेका छौं । यसको डिलर क्षेत्रपाटीमा छ । 

तपाई सन्तुष्ट हुनुहुन्छ ?
म पूर्ण रुपमा सन्तुष्ट छु । यो पेशा मन परेको छ । कफीसँग सम्बन्धित पेशामा रमाउन पाउँदा आनन्दित छु ।

तपाई त लेखन, समाज सेवामा पनि हुनुहुन्छ । कसरी भ्याइरहनु भएको छ ?
म साहित्य पनि लेख्छु । युथ फर ह्युमन राइट्समा पनि आबद्ध छु । साहित्यमा युवराज नयाँघरे र समाज सेवामा मेरा आदरणीय दाइ गुणराज प्याकुरेलको आत्मीयतासँग जोडिएर काम गरिरहेको छु । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जस्ता साहित्यिक संस्थामा पनि जोडिएर काम गर्न पाउँदा खुशी छु । समय मिलाएर काम गर्दा सबैतिर भ्याइन्छ ।

तपाईलाई यी कामका घर परिवारको सहयोग कस्तो छ नि ?
अत्यन्तै राम्रो सहयोग छ । खासगरी मेरी पत्नी मनिताले विदेशमा भन्दा स्वदेशमै बसेर काम गरौं भन्ने उनको सुझावलाई म सधैँ मनन गर्छु । उनी अनेक सुझाव र सल्लाह दिइरहन्छिन् । मनिताको प्रोत्साहनले मलाई नयाँ–नयाँ काम गर्नमा उत्साह थपिएको छ ।

भविष्यको लक्ष्य के छ नि ?
मैले गरेको यो पेशा अझ बलियो बनाउने सोचाइ छ । अझै माथि पु¥याउने सपना देखेको छु । अहिले यस्तै ३५–३० जना नेपाली युवाले रोजगारी पाएका छन् । आउँदा दिनमा धेरैलाई रोजगारी दिन सकुँ– यो लक्ष्य लिएर म कफी व्यवसायमा समर्पित छु ।

नेपालमा कफी व्यवसायको सम्भावना कस्तो छ ?
निकै राम्रो छ । नेपालका युवाहरुले कफी उत्पादन, भण्डारण, बजार व्यवस्थापनमा सफलता हासिल गर्न सक्छन् । यो नेपाली व्यवसायका लागि नेपालमा हावापानी निकै सुहाउँदो पनि छ । युवाहरुले यो व्यवसायमा हात हाल्ने हो भने विदेश नै गइरहनु पर्दैन ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अन्तर्वार्ता / बिचार
51.   ग्राहकसँग जहिले पनि “टच” मा हुन्छौ
52.   एमआरपी सहज भइसक्यो
53.   बचत पत्रको पैसा राष्ट्र विकासमा प्रयोग हुन्छ
54.   शिक्षाको उज्यालो छर्ने लक्ष्य छ : जय तामाङ
55.   गाम्कालाई बागमतीमा सेलाउने नै हो
56.   अहिलेसम्मको प्रगति र सवालहरुलाई मूर्तरुपदिन मेरो नेतृत्व
57.   ३० लाख नेपालीहरुको दुःखशुखको साथी बन्न चाहन्छु
58.   म श्रमिक एनआरएन हुँ
59.   राष्ट्र बैंकको नियमन र अनुगमन जरुरी छ
Results 59: You are at page 3 of 3
First Prev 1 2 3

Powered By : Unitech Media