मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७५ बैशाख ०४ गते २३:४६

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनर्विक्रिय वाचा’ घोषणा गरेको छ । यो योजना अनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पक्का पाउनेछन् ।
 
यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछन । त्यसैगरी, १८औं महिनादेखि २४ औं महिनामा यामाहाका दुईपांग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछन् । यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउनेछन् भने यो योजनाको वैधता तीन वर्षसम्म हुनेछ । 
 
‘भर्खरै भएको एक अध्ययनले यामाहाका स्कुटरहरु स्टाइल र कम्फर्टमा सबैभन्दा बढी रुचाइएको देखाएको थियो । ग्राहकको रोजाइमा पर्नु गर्वको कुरा हो । उहाँहरुप्रति कृतज्ञता व्यक्त गर्न हामीले यो अभुतपूर्व योजना ल्याएका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने, ‘अब यामाहाका स्कुटर स्टाइलिस र कम्फर्टेबल मात्र छैन, रिसेल प्रोमिस ग्यारेन्टी गरिएको पनि छ ।’
 
यामाहाले ६ वर्षअघिदेखि नेपालमा स्कुटर भित्र्याउन थालेको थियो । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ । यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउँछ ।
नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ ।
 
यामाहाले नयाँ वर्ष २०७५ को अवसरमा ‘आमन्त्रण’ नामको ग्राहक योजना ल्याएको थियो । यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ जसमा उहाँले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
2.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
3.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
4.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
5.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
6.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
7.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
8.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
9.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
10.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
11.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
12.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
13.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
14.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
15.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
16.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
17.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
18.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
19.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
20.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
21.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
22.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
23.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
24.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
25.   कोकाकोलाले ४० भाग्यशाली विजेतालाई विश्वकप हेर्न रुस लैजाने
Results 841: You are at page 1 of 34
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media