सोमवार, बैशाख १० गते, २०७५
सोमवार, २०७५ बैशाख ०२ गते ०५:०८

उत्तम बिक, दुबई / गत १३ अप्रील २०१८ का दिन काभ्रे सेवा समाज युएई अन्तर्गत शारजाह क्षेत्रीय समिती गठन भएको छ । नेपाली नयाँबर्ष २०७५ को विशेष अवसर पारेर शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमको साथमा क्षेत्रीय समिती बिस्तार गरिएको हो ।
 
उक्त सारजाह क्षेत्रीय समितिमा बिगत केही बर्षदेखि युएईको सारजाहलाई कर्मथलो बनाई नेपाली रेस्टुरेन्ट सन्चालन गर्दै आएकी नेपाली ब्यबसायी एप्रील तामाङको अध्यक्षतामा सारजाह क्षेत्रीय समिती गठन भएको हो । 
 
जस्को उपाध्यक्षमा रबिन श्रेष्ठ, सचिबमा आदित्य गौतम, कोषाध्यक्षमा मेनुका लामा र सदस्यहरुमा सरिता लामा, कन्चन लामा, नोर्बु लामा तथा सल्लाहकारमा सुनिल लामा चयन भएका छन ।
 
नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, नेपाली जनप्रगतिशील मन्च युएईका सल्लाहकार शम्भु वाईबा, एनाआरएनए युएईका केन्द्रिय सदस्य लछुमन काफ्ले, युवा ब्यबसायी ओम उप्रेती, अन्तर्राष्ट्रिय कलाकार संघ युएई दुबई क्षेत्रीय उपाध्यक्ष गायिका तथा मोडल सन्ध्या सुस्केरालगायत युएईबासी काभ्रेली र युएईमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको  बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रम समाजका सचीब जनक सापकोटाले सन्चालन गरेका थिए ।
 
समाजका उपाध्यक्ष गोबिन्द पन्तको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रमको संयोजन समाजका केन्द्रिय सदस्य निरन्जन बस्नेतले गरेका थिए ।
 
समाजका केन्द्रिय कोषाध्यक्ष रबिन तामाङ, सदस्यहरु ग्याम्सो लामा, योगेस तामाङ, माईला लामा, जेनिसा पन्त, नवराज ढकाल, सावित्री पन्त, धन बहादुर तामाङ लगायतले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्न सहयोगद गरेका थिए ।
 
निकै खुसियाली र रमझमका साथ मनाईएको नयाँ बर्ष बिशेष कार्यक्रम अन्तर्गत चिठ्ठा प्रतियोगितामा काभ्रे सेवा समाज युएईका केन्द्रिय सदस्य योगेस लामाले प्रथम पुरस्कार हात पारेका थिए भने द्धितिय पुरस्कार सारजाह क्षेत्रीय समितिकी नव निर्वाचित अध्यक्ष एप्रील तामाङ र तृतीय पुरस्कार बिजय लामाले जितेका थिए ।
 
प्रथम, द्धितिय र तृतीय पुरस्कार बिजेताहरुलाई समाजका अध्यक्ष दिल लामाले पुरस्कार बितरण गर्दै नयाँ बर्षको शुभकामना दिएका थिए ।


 
उक्त बृहत कार्यक्रम अन्तर्गत बिगत लामो समयदेखि युएईमा बिबिध समस्या झेल्दै आएका काभ्रेका बिश्वराम खत्रीलाई समाजले चार सय पैतालिस दिराम आर्थिक सहयोग गरेको थियो भने कार्यक्रममा सारजाह क्षेत्रका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय अध्यक्ष दिल लामाले प्रमाणपत्र बितरण गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका थिए । कार्यक्रमको अन्तमा उपस्थित सबैलाई नयाँ बर्ष २०७५ को शुभकामना दिदै अध्यक्ष लामाले कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।



 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
101.   जनप्रगतिशील मञ्च मलेसियामा पुन: पाण्डेको नयाँ नेतृत्व
102.   विदेशी जेलमा रहेका नेपाली कामदारलाई निःशुल्क कानुनी सहायता
103.   कतारको परिवर्तित श्रम कानूनको नेपाली अनुवाद सार्वजनिक
104.   काभ्रेली समाज जापानले राजु लामा लाईभ सांस्कृितक साँझ आयोजना गर्ने
105.   २ सय २७ कामदार विदेशी जेलमा, कुन देशमा कति नेपाली ?
106.   मलेसियामा बलिउड नाइट सम्पन्न (फोटोफिचरसहित)
107.   कुवेतमा मानसिक सन्तुलन गुमाएकी अनीशा ७ बर्षपछि नेपाल फर्किइन्
108.   नेपालका लागि अष्ट्रेलियन राजदूतमा पिटर बड
109.   कास्की आदर्श सेवा समाज, कतारको भलिवल प्रतियोगिता सम्पन्न
110.   दूतावासमा दुखः पोख्दा किन हामीलाई दलाल भनिन्छ परराष्ट्र मन्त्री ज्यू ?
111.   थपलिया स्वीडेनको पर्यटनदूत
112.   रोजगारीका लागि कतार गएका नरेशकुमार ८ वर्षदेखि बेपत्ता
113.   काम गरेको पारिश्रामिक माग्दा साउदी जेलमा यातना भोग्दै एक नेपाली
114.   प्रवासी नेपाली मंच युएई आबुधाबी क्षेत्रीय समितिको आठौं अधिबेसन सम्पन
115.   नेपाली महिला समुह ओमानद्धारा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न
116.   यूएईमा वेटरदेखि सेफ बनेका थापा
117.   युएईमा नेपाली स्वाद चखाउदै 'नेपालीको सगरमाथा रेष्टुरेण्ट'
118.   नारी दिवसमा एकता समाज कतारको बनभोज
119.   गोरखा सेवा समाज युएईको बनभोज कार्यक्रम सम्पन्न
120.   अमेरिकामा नेपाली विषयको पढाइ
121.   काम सिकेर आएमा युएईमा प्रशस्त अवसर छ
122.   प्रवासीतर्फ राप्रपा केन्द्रीय सदस्यमा कुँवरको उम्मेदवारी
123.   भिजिट भिषामा यूएई आउनेलाई व्यवस्थित गर्नु पर्ने माग
124.   जिल्ला समन्वय समिति कतारको अन्तरक्रिया सम्पन्न
125.   लेवनानबाट डिपोट भएका सुजना र रोजीको अपिल: ‘हामीलाई न्याय र फसाउनेलाई कारवाही होस्’
Results 387: You are at page 5 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media