मंगलवार, बैशाख ११ गते, २०७५
सोमवार, २०७५ बैशाख ०२ गते ०५:०८

उत्तम बिक, दुबई / गत १३ अप्रील २०१८ का दिन काभ्रे सेवा समाज युएई अन्तर्गत शारजाह क्षेत्रीय समिती गठन भएको छ । नेपाली नयाँबर्ष २०७५ को विशेष अवसर पारेर शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमको साथमा क्षेत्रीय समिती बिस्तार गरिएको हो ।
 
उक्त सारजाह क्षेत्रीय समितिमा बिगत केही बर्षदेखि युएईको सारजाहलाई कर्मथलो बनाई नेपाली रेस्टुरेन्ट सन्चालन गर्दै आएकी नेपाली ब्यबसायी एप्रील तामाङको अध्यक्षतामा सारजाह क्षेत्रीय समिती गठन भएको हो । 
 
जस्को उपाध्यक्षमा रबिन श्रेष्ठ, सचिबमा आदित्य गौतम, कोषाध्यक्षमा मेनुका लामा र सदस्यहरुमा सरिता लामा, कन्चन लामा, नोर्बु लामा तथा सल्लाहकारमा सुनिल लामा चयन भएका छन ।
 
नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, नेपाली जनप्रगतिशील मन्च युएईका सल्लाहकार शम्भु वाईबा, एनाआरएनए युएईका केन्द्रिय सदस्य लछुमन काफ्ले, युवा ब्यबसायी ओम उप्रेती, अन्तर्राष्ट्रिय कलाकार संघ युएई दुबई क्षेत्रीय उपाध्यक्ष गायिका तथा मोडल सन्ध्या सुस्केरालगायत युएईबासी काभ्रेली र युएईमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको  बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रम समाजका सचीब जनक सापकोटाले सन्चालन गरेका थिए ।
 
समाजका उपाध्यक्ष गोबिन्द पन्तको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रमको संयोजन समाजका केन्द्रिय सदस्य निरन्जन बस्नेतले गरेका थिए ।
 
समाजका केन्द्रिय कोषाध्यक्ष रबिन तामाङ, सदस्यहरु ग्याम्सो लामा, योगेस तामाङ, माईला लामा, जेनिसा पन्त, नवराज ढकाल, सावित्री पन्त, धन बहादुर तामाङ लगायतले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्न सहयोगद गरेका थिए ।
 
निकै खुसियाली र रमझमका साथ मनाईएको नयाँ बर्ष बिशेष कार्यक्रम अन्तर्गत चिठ्ठा प्रतियोगितामा काभ्रे सेवा समाज युएईका केन्द्रिय सदस्य योगेस लामाले प्रथम पुरस्कार हात पारेका थिए भने द्धितिय पुरस्कार सारजाह क्षेत्रीय समितिकी नव निर्वाचित अध्यक्ष एप्रील तामाङ र तृतीय पुरस्कार बिजय लामाले जितेका थिए ।
 
प्रथम, द्धितिय र तृतीय पुरस्कार बिजेताहरुलाई समाजका अध्यक्ष दिल लामाले पुरस्कार बितरण गर्दै नयाँ बर्षको शुभकामना दिएका थिए ।


 
उक्त बृहत कार्यक्रम अन्तर्गत बिगत लामो समयदेखि युएईमा बिबिध समस्या झेल्दै आएका काभ्रेका बिश्वराम खत्रीलाई समाजले चार सय पैतालिस दिराम आर्थिक सहयोग गरेको थियो भने कार्यक्रममा सारजाह क्षेत्रका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय अध्यक्ष दिल लामाले प्रमाणपत्र बितरण गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका थिए । कार्यक्रमको अन्तमा उपस्थित सबैलाई नयाँ बर्ष २०७५ को शुभकामना दिदै अध्यक्ष लामाले कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।



 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
26.   साउदीको जजानमा नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच
27.   सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता
28.   बेल्जियम एक्स्पोमा नेपालको पनि स्टल
29.   कुवेतमा अवैध आप्रवासी कामदारका लागि २५ दिने आममाफि सुरु
30.   जनसम्पर्क समिति ओमानमा पोखरेल
31.   साउदी राजकुमार तलाल थुनामुक्त
32.   दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ४१ को मृत्यु
33.   मलेसियामा तेश्रो हिमालयन गोल्ड कप फुटबल हुँदै
34.   सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु, १ जना गम्भीर
35.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
36.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
37.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
38.   साउदी सरकारको नियमको स्वागत
39.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
40.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
41.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
42.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
43.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
44.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
45.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
46.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
47.   अन्र्तर्राष्ट्रिय काभ्रे समाज गठन, संयोजकमा जापानका कपिलदेव थापा
48.   चितवन युवा समूहको दोस्रो विश्व सम्मेलन कात्तिक १ र २ मा हुदै
49.   युएईमा २२ नेपालीको विचल्ली, उद्दारमा जुट्यो एनआरएनए
50.   दुतावासको नाम प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति नेपाली राजदुतावास कतारको गम्भीर ध्यानाकर्षण
Results 387: You are at page 2 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media