सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७५ बैशाख ०२ गते ०५:०८

उत्तम बिक, दुबई / गत १३ अप्रील २०१८ का दिन काभ्रे सेवा समाज युएई अन्तर्गत शारजाह क्षेत्रीय समिती गठन भएको छ । नेपाली नयाँबर्ष २०७५ को विशेष अवसर पारेर शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमको साथमा क्षेत्रीय समिती बिस्तार गरिएको हो ।
 
उक्त सारजाह क्षेत्रीय समितिमा बिगत केही बर्षदेखि युएईको सारजाहलाई कर्मथलो बनाई नेपाली रेस्टुरेन्ट सन्चालन गर्दै आएकी नेपाली ब्यबसायी एप्रील तामाङको अध्यक्षतामा सारजाह क्षेत्रीय समिती गठन भएको हो । 
 
जस्को उपाध्यक्षमा रबिन श्रेष्ठ, सचिबमा आदित्य गौतम, कोषाध्यक्षमा मेनुका लामा र सदस्यहरुमा सरिता लामा, कन्चन लामा, नोर्बु लामा तथा सल्लाहकारमा सुनिल लामा चयन भएका छन ।
 
नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, नेपाली जनप्रगतिशील मन्च युएईका सल्लाहकार शम्भु वाईबा, एनाआरएनए युएईका केन्द्रिय सदस्य लछुमन काफ्ले, युवा ब्यबसायी ओम उप्रेती, अन्तर्राष्ट्रिय कलाकार संघ युएई दुबई क्षेत्रीय उपाध्यक्ष गायिका तथा मोडल सन्ध्या सुस्केरालगायत युएईबासी काभ्रेली र युएईमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको  बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रम समाजका सचीब जनक सापकोटाले सन्चालन गरेका थिए ।
 
समाजका उपाध्यक्ष गोबिन्द पन्तको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रमको संयोजन समाजका केन्द्रिय सदस्य निरन्जन बस्नेतले गरेका थिए ।
 
समाजका केन्द्रिय कोषाध्यक्ष रबिन तामाङ, सदस्यहरु ग्याम्सो लामा, योगेस तामाङ, माईला लामा, जेनिसा पन्त, नवराज ढकाल, सावित्री पन्त, धन बहादुर तामाङ लगायतले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्न सहयोगद गरेका थिए ।
 
निकै खुसियाली र रमझमका साथ मनाईएको नयाँ बर्ष बिशेष कार्यक्रम अन्तर्गत चिठ्ठा प्रतियोगितामा काभ्रे सेवा समाज युएईका केन्द्रिय सदस्य योगेस लामाले प्रथम पुरस्कार हात पारेका थिए भने द्धितिय पुरस्कार सारजाह क्षेत्रीय समितिकी नव निर्वाचित अध्यक्ष एप्रील तामाङ र तृतीय पुरस्कार बिजय लामाले जितेका थिए ।
 
प्रथम, द्धितिय र तृतीय पुरस्कार बिजेताहरुलाई समाजका अध्यक्ष दिल लामाले पुरस्कार बितरण गर्दै नयाँ बर्षको शुभकामना दिएका थिए ।


 
उक्त बृहत कार्यक्रम अन्तर्गत बिगत लामो समयदेखि युएईमा बिबिध समस्या झेल्दै आएका काभ्रेका बिश्वराम खत्रीलाई समाजले चार सय पैतालिस दिराम आर्थिक सहयोग गरेको थियो भने कार्यक्रममा सारजाह क्षेत्रका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय अध्यक्ष दिल लामाले प्रमाणपत्र बितरण गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका थिए । कार्यक्रमको अन्तमा उपस्थित सबैलाई नयाँ बर्ष २०७५ को शुभकामना दिदै अध्यक्ष लामाले कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।



 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   मलेसिया बन्द हुँदा नेपाली भारतबाट उड्न थाले
2.   असारभित्रै सबै स्थानीय तहमा नपुग कर्मचारी खटाइने
3.   कुवेत जान लागेका ५ महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइयो
4.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
5.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
6.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
7.   सकसमा वैदेशिक रोजगार
8.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
9.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
10.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
11.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
12.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
13.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
14.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
15.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
16.   आगामी साउनबाट नियुक्त्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
17.   ओएससी र भिएलएन तत्काल हटाउन नसकिने मलेसियाको भनाई
18.   स्वेच्छिक अवकाशबाट कर्मचारीले नाम फिर्ता लिन पाउने, पेन्सन पट्टाको बाटो खुल्यो
19.   दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण
20.   व्यवसायीसँगको छलफलमा मन्त्रीले भने–मेनपावरको धरौटी बढ्छ
21.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
22.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
23.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
24.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
25.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
Results 418: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media