आइतवार, २०७५ बैशाख ०२ गते २२:५१
यूएई आबुधाबीको आइकार्ड र मुसाफा छेत्रमा बसोबास गर्ने नेपाली युबाहरुले आबुधाबीको हेरिटेज पार्कमा नया बर्षको शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेका छन् ।
भिमनारायण श्रेष्ठ, भेसराज ढकाल, बाबुराम सापकोटा, कुबेर लुइटेल, गोबिन्द दाहाल, सुमन तिमिल्सिना, याम ब पुरकोटी, पुरुसोत्तम दाहाल, पुष्कर जमरकटेल, निमा लामालगायत अतिथिको सहभागिता रहेको कार्यक्रममा विभिन्न छेत्रका सयजना भन्दा बढी युबायुवतीको उपस्थिति थियो
।
नेपाली खानासहित नेपाली लोकदोहोरीको प्रस्तुतीले कार्यक्रमलाई थप रौनक थपेको थियो । उक्त कार्यक्रममा यूएई भ्रमणमा रहेका नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य रुपनाराण श्रेष्ठले पनि उपस्थित सबैमा नया बर्षको शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रमका संयोजक बिपिन सापकोटाले नेपाली नयाँवर्षको शुभकामना आदानप्रदान तथा नेपालीहरु बसेर दुखसुख साटने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
