शुक्रवार, २०७४ चैत्र ३० गते २३:१२
मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि खुञ्जेलीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खुञ्जेली मेगा बैंकमा नियुक्ति भएसँगै नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो सिइओको पहिचान बनाएकी छिन्। २७ वर्षे बैंकिङ अनुभव भएकी खुँजेलीलाई सिइओको जिम्वेवारी दिइएको हो ।
उनी मेगा बैंकमा विगत ५ महिनादेखि कायममुकायम सिइओ थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष काम गरिसकेकी छन् ।
तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम सुरु गरेकी खुञ्जेलीले उक्त बैंकमा १३ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनीसँग नबिल बैंकमा ६ वर्ष काम गरेको अनुभव छ ।