सोमवार, बैशाख १० गते, २०७५
कामदारदेखि कम्पनीको मालिकसम्मको यात्रा
शुक्रवार, २०७४ चैत्र २९ गते ०६:४९

सुमन गिरी / फणिन्द्र दाहाल, मेहनत र लगनशिलता भए विश्वको जुनसुकै मुलुकमा पनि नेपालीले सफलता पाउन सक्छन भन्ने एउटा ज्वलन्त उदाहरण हुन तेह्रथुमका युवा दिनेश पराजुली । खाडि मुलुक यूएईमा कामदारका रुपमा प्रवेश गरेका उनको परिचय अहिले सफल युवा व्यवसायीको रुपमा परिणत भएको छ । विदेशमा नेपालीहरु काम गर्न मात्र जान्छन भन्ने भनाइलाई पछिल्लो समय पराजुली जस्ता नेपाली युवाहरुले गलत सावित गरिरहेका छन् ।
  
२०१२ मा सारजा एयरपोर्टको डयुटी फ्रिमा क्यास अफिसरको कामको लागि यूएई प्रवेश गरेका पराजुलीले २ वर्ष त्यहाँ काम गरे । ४ दिन डयुटी गर्दा अको ४ दिन छुट्टि हुन्थ्यो । काम सुरु गरेदेखिनै उनलाई कसरी सफलताको फडको मार्ने भन्ने मात्र सोचाइमा आइरहन्थ्यो । ‘फुसर्दको समय अरुहरुले रमाइलो र सोसल मिडियामा समय विताइरहदा मैले कुनै पनि दिन फुसर्दको समय दुरुपयोग गरिन’ पराजुली भन्छन– ‘जहिले पनि कसरी अगाडि बढने र राम्रो गर्ने भन्ने मात्र सोचिरहन्थे अनि इन्टरनेटमा गुगलबाट अवसरहरुबारे जानकारी लिइराख्थे ।’
 
कामकै बीचमा पराजुलीले एचआर म्यानेजमेण्ट सम्वन्धी कोर्सहरु पनि पुरा गरे । आफैले अबचाहि केहि गर्न सक्छु भन्ने लागेपछि उनले सन् २०१४ बाट रिक्रुटिङ व्यवसायमा हात हाले । ‘यहाँको माहोल बुझेपछि आफै व्यवसाय गरौ भन्ने लाग्यो र नेपालकै एकजना व्यवसायीसँग मिलेर शिवाकोटी एचआर सर्भिसेज कम्पनी खोलेर व्यवसायको क्षेत्रमा प्रवेश गरे’ पराजुलीले बताए । 
 
पराजुलीले गतवर्षदेखि एनपिएल ग्लोबल टेक्निकल सर्भिसेज नामक कन्ट्रक्सन संचालनमा ल्याएर कन्ट्रक्सन व्यवसायको क्षेत्रमा पनि आफुलाई उभ्याएका छन् । एनपिएल ग्लोबल टेक्निकलले विल्डिङ क्लिनिङका कामहरु, मार्वलको फ्लोर निर्माण, मेशनलगायत सब कन्ट्रयाक्टिङको काम गरिरहेको बताउँदै व्यवसायी पराजुलीले यस कम्पनीले अहिले २ वटा कम्पनी एसिसि र अलनबोधा कम्पनीसँग मेशनरी कामको सबकन्ट्रयाक अन्तर्गत काम गरिरहेको जनाए ।


 
व्यवसायीक टर्निङ प्वाइन्ट रहेको शिवाकोटी एचआर सर्भिसेजको नाम परिवर्तन गरी पराजुलीले उक्त कम्पनीलाई अहिले एनपिएल ग्लोबल रिक्रुटमेण्ट सर्भिसेज बनाएका छन् । यस कम्पनीले नेपाल, इन्डिया, पाकिस्तान, श्रीलंका, बंगलादेश, फिलिपिन्स, अफ्रिकाका, युरोपलगायत विभिन्न मुलुकहरुबाट कामदार आपूर्ती गरिरहेको छ । ‘हामी यहाँको इम्प्लोयर र कामदार आपूर्तीकर्ता मुलुकको रिक्रुटमेन्ट कम्पनीको ब्रिजको रुपमा काम गर्ने गर्छौ जसबापत यहाँका इम्प्लोइमेन्ट कम्पनीले हामीलाई कन्सल्टयान्ट चार्ज उपलब्ध गराउँछन’ पराजुलीले भने ।
 
‘हामीले यूएईका विभिन्न कम्पनीहरुमा अनस्कील र सेमिस्कील बाहेक पनि कामदार उपलब्ध गराउने गरेका छौ’ पराजुलीले भने । उनले अहिले एनपिएल ग्लोबल रिक्रुटमेण्टले अष्ट्रेलिया, आयसल्याण्ड, युकेबाट स्कुल टिचरहरु र युरोपका विभिन्न मुलुकहरुबाट होटलका फ्रन्ट अफिस स्टाफहरुसमेत हायर गरिरहेको बताए । यस्तै स्कील रिक्रुटमेन्ट अन्तर्गत विशेषगरी कन्ट्रक्सन र आयल एण्ड ग्यास सेक्टरमा प्रोजेक्ट मेनेजर, इन्जिनियरदेखि अन्य उच्च तहका मान्छेहरु लोकल मार्केटबाट उपलब्ध गराइरहेको पनि उनले बताए ।
 
यी दुई कम्पनीको कुशल मेनेजमेण्ट गरिरहेका पराजुलीको टिममा पाटर्नरसमेत रहेका निरज बराइलीले एडमिन, सेल्स, पिआरलगायत अफिसियल म्यानेजमेण्ट हेर्छन भने बिजनेश डेभ्लभ सम्हाल्ने रसियन नागरिक छन् । यसका साथै अन्य कर्मचारी अधिकांश नेपाली नै रहेको उनले बताए । ‘नेपालीलेनै गर्न सक्ने काममा किन विदेशी राख्ने भनेर नेपालीलाई नै प्राथमिकता दिएका छौ ।’  यसका साथै एनपिएल ग्लोबल ग्रुप अन्तर्गत नेपाल र पाकिस्तानमा पनि एनपिएल ग्लोबल म्यानपावर सर्भिसेज संचालनमा छ ।
 
यूएईमा नेपालीहरुका लागि राम्रो अवसर रहेको भएपनि अधिकांश अदक्ष कामदारका रुपमा जानेगरेकाले नेपालीले सोचेअनुरुप लाभ लिन नसकेको पराजुलीको बुझाई छ । उनी अहिले अनस्कील, स्किल कामदार यूएई आउने गरेकोमा विशेषगरी अनस्किल आउनेहरुको कमाइ धेरै राम्रो नहुने भएकाले उनीहरुलाई कमाउने मनशाय भन्दा केहि सिक्ने अवसरकारुपमा यसलाई उपयोग गर्न सुझाउछन । ‘अनस्कील फेज कमाउने भन्दा पनि सिक्न आउने फेज हो । मेहनत गरेर सीप हासिल गर्दै काममा अगाडि बढिरहने हो भने यी कामदारले भोलीका दिनमा आफ्नो सीप र क्षमताको उपयोग गरेर नेपालमै केहि गर्ने र कमाउने हैसियद राख्छन’ पराजुली बताउँछन । उनी केहि सीप र ज्ञान लिएर आएकाहरुलाई भने अगाडि बढने प्रशस्त संभावना यूएईमा रहेको बताउँछन ।
 
भिजिट भिसामा आउदै नआउन आग्रह गर्दै पराजुली यसरी आउदा काम पाउने ग्यारेन्टि नहुने हुदा समस्यामा परिने बताउछन । उनी बरु सानै कामका लागि भएपनि मेनपावर कम्पनीबाट संस्थागतरुपमै आउन आग्रह गर्दै भन्छन– ‘कामदार भिसामा आउदा काम नपाउने समस्या त हुदैन नै, यसरी आउदा लागत पनि कम लाग्छ र काम गर्दै अर्को राम्रो काममा फडकने अवसर पनि रहिरहन्छ ।’ 

यूएई प्रवेश गरेको छोटो समयमै कामदारबाट सफल व्यवसायीको परिचय बनाएका पराजुली जुनसुकै काम या व्यवसायमा पनि मेहनत, इमान्दारीता र धैर्यता हुने हो भने सफल बन्न सकिने धारणा राख्छन । उनी युएईमा नेपालीहरुको व्यवसाय दिनानुदिन विस्तार हुनु सकारात्मक रहेको बताउँदै आफ्नो व्यवसायमा सफलता खोज्ने हो भने कुन क्षेत्रमा लगानी गर्ने हो त्यसको ज्ञान भने हुनु जरुरी रहेको बताउँछन । 


 
आफुहरुलाई स्वदेशमै आफ्नो लगानी लगाएर घरपरिवारसँगै बस्ने इच्छा प्रशस्त भएपनि लगानीको वातावरण नहुदा विदेशी भूमिमा व्यवसाय गर्न बाध्य भएको पराजुली बताउँछन । यूएईमा व्यवसायको लागि उपयुक्त वातावरण हुदा संसारभरबाट यहाँ व्यवसाय गर्नेहरुको आकर्षण बढेकोतर्फ इंकित गर्दै पराजुली नेपाल सरकारले पनि यसबाट केहि सिक्नुपर्ने बताउँछन् । पछिल्लो समय देशमा स्थिर सरकार बनेकाले अब भने केहि हुन्छकी भन्ने आशा आफुहरुजस्ता युवाको रहेको उनी बताउँछन । यसो भएमा विदेशमा रहेका धेरै नेपालीले स्वदेशमा लगानी भित्र्याउने उनको भनाई छ । 
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
326.   कतारमा एमआरपी आवेदन संकलन शिविर सम्पन्न
327.   स्याङजा समाज कतारको सहयोग हस्तान्तरण
328.   एनआरएनए बहराइनद्वारा नेपाली कलाकारहरुलाई सम्मान
329.   नेपाली कलाकार समूह बहराइनकोे आर्थिक सहयोग
330.   ओमानको सललाहमा दूतावासको एमआरपी शिविर
331.   ओमान दूतावासको कामकारवाही प्रति नेपाली समाज रुष्ट
332.   दूतावाससँग अन्तरक्रिया गर्दै ओमानवासी नेपाली
333.   महिला समाज कतारको अध्यक्षमा पुन रेखा
334.   जापान आउनुअघि गम्भीर सोच्नुस !
335.   अष्ट्रेलियामा नेपाली भिजन नाईट सम्पन्न
336.   बहराइनवासी नेपालीले भने –दूत विनाको दूतावासको के काम ?
337.   घरेलु कामदार रोकलाई खाडीमा कार्यरत महिलाको स्वागत
338.   राजदूतको नै फोन उठाउँदैनन् दूतावासका कर्मचारी
339.   कतारबाट साहाराको घरलाई आर्थिक सहयोग
340.   दूतावास खुल्यो अव सामाजिक क्लव खोल्दै ओमानवासी नेपाली
341.   दोहामा खेलकुद र सांगीतिक कार्यक्रम हुने
342.   स्याङजा सहयोग समाजको नवौं वार्षिकोत्सव सम्पन्न
343.   कतारमा शोक सभा गरियो
344.   वहराइनमा निःशुल्क स्वास्थ्य शिविर
345.   कतारमा रक्तदान र सचेतना कार्यक्रम
346.   एनआरएन ओमानले नारी दिवस मनायो
347.   एनआरएन ओमानद्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
348.   मृत्युदण्ड सुनाइएका खालिङ्ग वचाउन ७५ लाख उठ्यो
349.   कतारमा प्रचण्डको सरकारी भेट
350.   वृद्धाश्रममा ढुंगानाको सहयोग
Results 387: You are at page 14 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media