मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०४:३६

वाणिज्य बैंकहरु विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटेका छन्। नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन बाटो खोलेसँगै ति संस्थासँग बैंकहरुले छलफल अघि बढाएका छन्।
 
केही बैंकले ऋणका लागि सहमति गरिसकेका छन्। एनआइसी एसिया र एनएमबि बैंकले ऋणका लागि आइएफसी ९इन्टरनेसनल फाइनान्स कर्पोरेसन० सँग सम्झौता गरिसकेका छन्।
 
आइएफसी विश्व बैंक ग्रुपअन्तर्गत पर्दछ। नेपालसहित १ सय बढी देशहरुमा आइएफसीले विभिन्न क्षेत्रमा लगानी तथा वित्तीय व्यवस्थापनको कार्य गर्दै आएको छ। विभिन्न निजी क्षेत्रका उद्योगहरुले समेत आइएफसीबाट ऋण लिँदै आएका छन्।
 
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले यी दुई बैंकहरुले ऋण ल्याउनका लागि ऋणदातासँग सहमति गरेको जानकारी दिए। ‘यी बैंकहरुले ऋण ल्याउनका लागि राष्ट्र बैंकसँग अनुमति मागेका छन्’ सिवाकोटीले भने ‘हामीले प्रस्ताव अध्ययन गरेर अनुमति दिन्छौँ।’
 
बैंकहरुले ऋण ल्याउन थालेपछि त्यसले तरलतामा सहजता ल्याउने राष्ट्र बैंकको भनाई छ।
 
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाउने छन्। यसअनुसार आफूहरुले ऋणदातासँग सहमति गरी प्रक्रिया अघि बढाएको एनआइसी एसियाका असिस्टेन्ट सिइओ सुधीर पाण्डेले जानकारी दिए।
 
‘लाइबर दरमा ३ प्रतिशत बढी व्याजदर नपर्नेगरी हामीले आइएफसीसँग सहमति गरेका छौँ’ उनले भने ‘तीन वर्षे अवधिका लागि यस्तो ऋण ल्याउने छौँ।’
 
हाल ६ महिनाको लाइबर दर २ दशमलव ४७ प्रतिशत छ। पाण्डेका अनुसार यस्तो ऋणको व्याजदर करिब साढे ५ प्रतिशतको आसपासमा पर्दछ।
 
५ वर्षे अवधिसम्मका लागि विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन पाइने व्यवस्था छ। यद्यपी राष्ट्र बैंकको स्वीकृतिपछि यो अवधि थप गर्न सकिने व्यवस्था छ। उनका अनुसार बैंकले साढे २ अर्ब रुपैयाँ ऋण लिनेछ। यो बैंकले लिन सक्ने पूर्ण क्षमताको ऋण हो।
 
सानिमा बैंकले पनि आइएफसीसँग ऋणका लागि कुराकानी भइरहेको जनाएको छ। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले आइएफसीसँग ऋण ल्याउने विषयमा सकारात्मक रुपमा छलफल भइरहेको जानकारी दिए।
 
‘आइएफसीसँग छलफल भइरहेको छ, यदी अरु वित्तीय संस्थाहरुबाट पनि हामीले ऋण ल्याउन कुराकानी गर्ने तयारीमा छौँ’ दाहालले भने।
 
ऋणबाट स्वदेशमा थप पुँजी सिर्जना हुने र यसले विकासको गतिलाई टेवा दिने उनले बताए। अहिलेको रकम त्यति ठूलो नभएको बताउँदै उनले ऋण रकमको परिचालन र त्यसको उपलव्धी हेरेर आगामी दिनमा राष्ट्र बैंकले यो रकमको सीमा बढाउने विश्वास व्यक्त गरे।
 
यीबाहेक अन्य बैंकहरुले पनि विदेशस्थित विभिन्न वित्तीय संस्थाहरुसँग छलफल चलाइरहेको जनाएका छन्। सानिमासहित अन्य बैंकहरुले पनि आइएफसीसँग ऋणका लागि प्रस्ताव गरेका छन्।
 
हालको अवस्थामा २८ वटै वाणिज्य बैंकहरुले विदेशबाट ८० अर्ब रुपैयाँसम्मको ऋण ल्याउन सक्नेछन्। सबै बैंकहरुको तोकिएको चुक्ता पुँजी पुगी नसकेकाले आगामी दिनमा यो रकम अझ बढ्न जानेछ।
 
बैंकहरुले ल्याएको ऋण रकम जथाभावी परिचालन गर्न भने पाइने छैन। जलविद्युत उत्पादन तथा प्रशारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधारका साथै पर्यटन, कृषि र लघुवित्त क्षेत्रमा प्रवाह गर्न सक्ने छन्।
 
घरजग्गा तथा रियलस्टेटका क्षेत्रमा भने यो रकम परिचालन गर्न बन्देज गरिएको छ।

सेतोपाटीबाट
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
526.   ग्लोबल आइएमईको तिन शाखारहित बैंकिङ्ग सेवा विस्तार
527.   प्रभु मनि ट्रान्स्फर र नेष्डो नेपालबीच रेमिटेन्स सम्झौता
528.   एनसेलको ‘कतारबाट कल आयो पैसा पायो’ अफर
529.   तम्घासमा प्रभु बैंकको शाखा संचालनमा
530.   सुकेधारामा ग्लोबल आईएमईको शाखा
531.   प्रभु र भारतको मुथुतबीच रेमिट्यान्स सम्झौता
532.   कैलाली र दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखा रहित बैंकिङ सेवा’
533.   जेएमईको ११ औ साधारणसभा सम्पन्न
534.   आइएमई बचत १० लाख योजनाको बिजेता घोषित
535.   पुतलीसडकमा प्रभु बैंकको शाखा
536.   नेपालमै पहिलो पटक साझा बसमा स्मार्ट कार्डको सुरुवात
537.   ग्लोबल आइएमई बैंकको २३ प्रतिशत बोनस सेयर पारित
538.   इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
539.   सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर त्रिपुरेश्वरमा
540.   एनसेलको ‘भिडियो फर नेपाल’को भिडियो सार्वजनिक
541.   एस रेमिट र मेगा बैंकबीच रेमिट्यान्स सम्झौता
542.   आइएमई र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
543.   कोरियाबाट रेमिट्यान्स भित्राउन ग्लोबल आइएमई र इन्डस्ट्रियल बैंकबीच सहकार्य
544.   शुभेच्छा र सिटी एक्सप्रेसबीच सम्झौता
545.   प्रभु बैंकद्धारा ग्राण्ड बैंक गाभ्ने प्रस्ताब पारित
546.   बेष्ट रेमिट र काष्ठमण्डप डेभलपमेण्ट बैंक बीच रेमिट्यान्स सम्झौता
547.   हिरोले भित्रायो ड्यास स्कुटर
548.   समस्यामा परेका ऋणीलाई राष्ट्र बैकद्धारा सहुलियत
549.   इन्धन सम्झौता गर्न नेपाली टोली चिन प्रस्थान
550.   ग्लोबल क्यापिटललाई अन्तर्राष्ट्रियस्तरको अवार्ड
Results 841: You are at page 22 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media