आइतवार, बैशाख ०९ गते, २०७५
विहिवार, २०७४ चैत्र २८ गते ००:०८

मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ ।
 
मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता संचालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन् ।
 
यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
 
यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि संचालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट संचालनमा आउनेछ ।
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
576.   काठमाडौंमा बाँच्न मात्रै एक परिवारलाई महिनाको १७ हजार खर्च
577.   १५ बर्षभित्र विश्वको गरिबी उन्मूलन गर्ने लक्ष्य
578.   गोमा एयरले शुक्रबारदेखि तुम्लिङटार उडान गर्ने
579.   पेट्रोलियम पदार्थको मुल्य घटयो
580.   कुमारी बैंकद्वारा गोरखामा जस्तापाता वितरण
581.   चितवनमा लक्की ज्वेलर्शको उदघाटन
582.   राष्ट्र बैंकमा १४ कार्यकारी निर्देशकको सरूवा,
583.   शर्माको लगानीमा नारायणगढमा खुल्दै लक्की ज्वेलर्स
584.   कैलास विकास बैंकलाई उत्कृष्ठ वित्तीय प्रतिवेदन पुरस्कार
585.   प्रभु बैंकको बिशेष साधारण सभा सम्पन्न
586.   राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थाको पुँजी चारगुणा बढाउने निर्णय
587.   मेगा बैंक छैटौँ बर्षमा
588.   क्रेडिट लाइफ इन्सुरेन्सका लागि प्रभु र प्राइमलाइफबीच सम्झौता
589.   बेष्ट रेमिट र सनराइज बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता
590.   आगामी आर्थिक बर्षको बजेट सार्वजनिक, कर्मचारीको तलब बढेन
591.   रिलायबल र एस डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
592.   आइएमई र ग्लोबल आइएमई बैंकको संयुक्त छात्रबृति योजना
593.   आईएमई को–अपरेटिभद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न
594.   महासंघको अध्यक्षमा मुरारका निर्विरोध
595.   इ–नेटको ‘अनलाइन पेमेण्ट’ लोकप्रिय बन्दै
596.   वैदेशिक रोजगार बचतपत्रको विक्रि खुल्ला
597.   मेगा बैंकको ब्रान्ड एम्बेसडरमा सुरजसिंह ठकुरी
598.   सरसफाइ तथा भग्नावशेष हटाउँदै आईएमईको १५औं वार्षिकोत्सव मनाइयो
599.   हुण्डी कारोबारका विरुद्ध राष्ट्र बैंक सक्रिय
600.   इजी लिंक रेमिट्यान्स र लुम्बिनी बैंकबीच रेमिट्यान्स सम्झौता
Results 841: You are at page 24 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media