आइतवार, बैशाख ०९ गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
176.   मलेसियासँग श्रम सम्झौताका लागि निचोडमा पुग्दै सरकार
177.   नागरिक उड्डयन प्राधिकरणले माग्यो १२७ कर्मचारी
178.   विदेशबाट नै परीक्षा दिने व्यवस्था गरिदिन माग
179.   संघको विधान बिपरित पास गरिएको संशोधनलाई सीडीओ कार्यालयले कसरी दियो वैधानिकता ?
180.   अमेरिकाले कडाइ गरेपछि मेक्सिकोमा ३ सय नेपाली अलपत्र
181.   २८ मृतकका परिवारलाई कुवेतबाट पाँच करोड क्षतिपूर्ति
182.   इपीएस भाषा परीक्षाको अनलाईन फारम चैत्र पहिलो हप्ता खुल्ने
183.   बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गराउन ७ दिने अल्टिमेटम
184.   फ्री भिषा र फ्री टिकटको निर्णायक छलफल गछौं : राज्यमन्त्री गच्छदार
185.   विदेशबाट फर्किएका उद्यमीलाई सरकारले पुरस्कृत गर्ने
186.   वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक लिथुनिया खुल्ला गरिदै
187.   कामदारलाई आर्थिक भार पार्ने प्रक्रिया खारेज गर्न संघको चेतावनी
188.   अनलाइन प्रणालीको सुरुवातसँगै अभिमूखिकरण तालिमका कक्षा ‘हाउसफुल’
189.   नेपाल प्रहरीमा जागिर खुल्यो, २ हजार ६७८ जवान पदमा दरखास्त आह्वान
190.   श्रमस्वीकृतिका सबै काम अव अनलाइन मार्फत
191.   कसरी पाए महासंघका अध्यक्ष खड्काले राज्यमन्त्रीपछि बोल्ने पालो ?
192.   विदेशमा कार्यरत कामदारको बिमाको म्याद सकिए परिवारलाई खबर गरिने
193.   संघ नेतृत्वको षडयन्त्रले सक्षम व्यवसायी अध्यक्ष बन्न बन्देज
194.   विदेशबाट बर्सेनि आउँछन् हजार 'बाकस'
195.   वार्षिक ७ हजार नर्स श्रम बजारमा, थोरैले मात्रै पाउँछन् रोजगारी
196.   युएईमा सुरक्षागार्डको न्यूनतम पारिश्रामिकमा बृद्धि
197.   श्रम शोषणले बढायो विदेशमा आत्महत्या
198.   वैदेशिक रोजगारमा भारत जान अनुमति लिनु पर्ने
199.   पर्यटन बोर्डले माग्यो २५ जना अधिकृतस्तरका कर्मचारी (सूचनासहित)
200.   श्रम स्वीकृतिको अनलाइन सेवा : ‘बाँदरको हातमा नरिवल...’
Results 542: You are at page 8 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media