आइतवार, बैशाख ०९ गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
151.   नियमन गर्ने कार्यपालिका भएको देशमा यो बन्द गर र यो खोल भन्ने को हो समिति ?
152.   मल्ल बिनाको महासंघ रानो बिनाको मौरी
153.   संघका पदाधिकारीहरु पुनः नेतृत्व लिन अघि नसरे हुन्छ : वाग्ले (भिडियोसहित)
154.   भाग्यमा एक मत,फिनिसिङ गर्न जानिन्,कुपात्रले सिध्याए : वाग्ले (हेर्नुस भिडियो )
155.   विदेशी कामदारलाई दिने भिसा रद्द गर्ने अष्ट्रेलियाली प्रधानमन्त्रीको घोषणा
156.   अन्तत : मेनपावर व्यवसायीले सरकार सामु घूँडा टेके
157.   अध्ययनका लागि दक्षिण अमेरिका जान प्रतिबन्ध
158.   आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु
159.   खाडी मुलुकमा घरेलु कामदार नपठाउन संसदीय समितिको निर्देशन
160.   कोरियन भाषा परीक्षाका लागि ७५ हजारभन्दा बढीको आवेदन
161.   रोजगार मैत्री श्रम ऐन बनाउन सरकारलाई संसदीय समितिको निर्देशन
162.   वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग पाउने
163.   वैदेशिक रोजगारीबाट फर्किएकालाई सीपका आधारमा योग्यताको प्रमाणपत्र
164.   साउदीद्वारा ९० दिने आममाफीको घोषणा
165.   फ्री भिसा फ्री टिकटमा पठाएको कामदारको विवरण माग्यो सरकारले, व्यवसायी भन्छन दिदैनौ
166.   वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन दिने म्याद थपियो
167.   बंगालीलाई खुल्यो मलेसियाको ढोका
168.   ​सरकारी जागिरमा ठुलो संख्यामा अवसर, ७ सय ६९ खरिदारको माग (सूचनासहित)
169.   वैदेशिक रोजगारी व्यवस्थित गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन
170.   कुर्मीको हत्याबारे सत्य तथ्य सार्वजनिक गरि हत्यारालाई कारवाहीको माग
171.   इजरायलमा ६० जना नेपाली केयरगिभरको माग (सूचनासहित)
172.   मलेसिया जाने कामदारसँग खुल्लम खुल्ला १ लाख असुल्दै ग्राण्ड सुइट
173.   सन् २०१८ मा कोरियाले १० हजार २ सय नेपाली लैजाने, आवेदन चैत ९ देखि, परीक्षा जेठ अन्तिममा
174.   के मेनपावर व्यवसाय नै बदनाम हो वा व्यवसायी ?
175.   मेरा बारे अनर्गल प्रचार गरियो : शर्मिला पराजुलि
Results 542: You are at page 7 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media