सोमवार, बैशाख १० गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
126.   वैदेशिक रोजगारमा बीमा, फाइदा अनेक
127.   ईपीएस भाषा परीक्षा सुरु, ७५ हजार परीक्षार्थी सहभागी
128.   उम्मेदवार छनोटको विवादमा होइन, दुइ तिहाईले चुनाव जित्ने रणनीति बनाउन केन्द्रित छ फोरम : ढकाल
129.   जनतालाई प्रभावकारी सेवा सरल ढंगमा दिन नवनियुक्त श्रम मन्त्री मन्सुरको ध्यानाकर्षण
130.   राजनीति गर्ने भए स्थानीय चुनावमा जानु संघमा होइन : गुरुङ
131.   फोरमलाई झड्का, फोरमकी तेजु मञ्चबाट उम्मेदवार
132.   कतारमा विकसित घटनाक्रमले नेपालीको रोजगारीमा कुनै असर पर्दैन : नेपाली राजदूत रमेश कोइराला सँगको एक्सक्लुसिभ अन्तर्वार्ता
133.   कतार जानेहरुको श्रम स्वीकृति रोकियो
134.   संघ नेतृत्वमा जाने आकांक्षिको मन दुखाउदैनौ : गेलाल
135.   आज र भोलि सम्ममा अध्यक्षको टुंगो नलगाए फोरमले दुर्भाग्यपूर्ण परिणाम भोग्छ (हेर्नुस भिडियो)
136.   स्वदेशमै रोजगारी सिर्जना गर्न पाँच खर्बको औद्योगिक विकास कोष खोलिने
137.   महानिर्देशकज्यू,ठाउमा बस्नुस नत्र ठेगान लगाउन हामीलाइ पनि आउछ : ढकाल
138.   फोरमले संख्याको दम्भ नदेखाए हुन्छ, हामी धेरै माथि छौं : गेलाल (हेर्नुस भिडियो)
139.   वैदेशिक रोजगार व्यवसायी संघको चुनाव असार १७ मा हुने
140.   किरणकिशोरलाई उम्मेदवार बन्न नदिन फोरमभित्रै चलखेल
141.   म प्रष्ट भन्दिन्छु बिमलजी र विष्णुजीले बाटो छेकेर बन्धक बनाए : न्यौपाने (हेर्नुस भिडियो)
142.   केयरगिभर परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)
143.   कतारमा चार वर्षपछि राजदूत
144.   दलहरुको घोषणामा रोजगार नै रोजगार, होला त पुरा ?
145.   ९७ परीक्षार्थीले दिए केयरगिभरको परीक्षा, नतिजा बुधबार प्रकाशित हुने
146.   इजरायल जान छनोट भएका केयरगिभरको परीक्षा सुरु, ९७ परीक्षार्थी सहभागी
147.   दलका घोषणापत्रमा रोजगार नै रोजगारका प्रतिबद्धता
148.   अमेरिका डिभी लट्रीको नतिजा सार्वजनिक
149.   केयरगिभरका लागि छनोट भए १ सय योग्य उम्मेदवार, वैशाख २४ मा परीक्षा (नामावलीसहित)
150.   नेपाली कांग्रेसको घोषणापत्रमा प्रतिवर्ष ५ लाख युवालाई रोजगार
Results 542: You are at page 6 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media