सोमवार, बैशाख १० गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
76.   सर्लाही र सुनसरीका बाढी पीडितलाई संघको टोलीले दियो राहत सामाग्री
77.   दोस्रो नाफिया कर्पोरेट व्याडमिण्टन प्रतियोगिता भाद्र ३१ बाट, बिजेतालाई नगद ५० हजार
78.   अन्तर्वार्ता लिँदै १ लाख बढी असुल्ने इन्टरनेसनल जबलिंक विभागको फन्दामा
79.   बढी पैसा असुल्ने मेनपावर खारेज गर्ने महानिर्देशक पाण्डेको चेतावनी
80.   अन्तर मन्त्रालय सहकार्य भए वैदेशिक रोजगारका समस्या न्युनिकरण गर्न सहज हुन्छ : परराष्ट्रमन्त्री
81.   पूर्वी क्षेत्रका बाढीपीडितको पिडामा मल्हम लगाउदै व्यवसायी संघको टोली
82.   सिआईबीमा पुगेको सिण्डिकेटका फाइल उपर गृहराज्यमन्त्रीको नजर
83.   ६ मुलुकमा श्रम सहचारी र कन्सुलर नियुक्त, कुन देशमा को ?
84.   रोजगारी चाहियो या कर्मचारी ? खोज्नुहोस यसरी
85.   आप्रवासन,मानव बेचबिखन र बालश्रम प्रति बेलायतको विशेष चासो छ : राजदूत मोरिस
86.   वैदेशिक रोजगार नेवा समाजको अध्यक्षमा प्रधान
87.   ‘पैसाको आडमा ८ जिल्लामा ४३ संस्थालाई अभिमुखीकरण तालिम संचालनको अनुमति’
88.   बेरोजगार युवालाई रोजगारी दिन भृकुटीमण्डपमा शुक्रबारदेखि मेला
89.   ‘अन्तरघातीले चुनौती दिँदा पनि फोरम अध्यक्ष फोन अफ गरेर बस्छन भने यो भन्दा लज्जास्पद र नालायकी अरु के हुनसक्छ’
90.   विवरण नबुझाउने मेनपावर कम्पनीलाई स्पष्टीकरण लिन थालियो
91.   संघ निर्वाचनमा ‘अन्तरघात’ गर्नेलाई उन्मुक्ति दिंदै फोरम
92.   सरकारी जागिरको सूचना अब शुक्रवार मात्रै प्रकाशन हुने
93.   विदेशिने कामदारसँग लिइने कल्याणकारी शुल्कमा बृद्धि
94.   कतार संकटको असर, नेपालीको रोजगारीको अवसर खुम्चने खतरा
95.   वैदेशिक रोजगारीका नाममा हुने ठगि हेर्न गृहमन्त्रालयले छुट्टै स्पेशल फोर्स बनाउँने
96.   व्यवसायी संघ र पत्रकार समाज सहकार्य गर्ने
97.   मुलुकमा रोजगारी सिर्जना भए पनि वैदेशिक रोजगार रोकिदैन,तर यो क्षेत्रलाई व्यवस्थित गर्ने चुनौती सबै सामु छ : पूर्वप्रम प्रचण्ड (भिडियोसहित)
98.   इपीएस भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तीर्ण
99.   सामाजिक सुरक्षा विधेयक पारित, बेरोजगार भत्ताको व्यवस्था हट्यो
100.   संघ कार्यसमिति सदस्यको कार्य बाडफाँड, बोर्ड सदस्यमा लिम्बुको नाम शिफारिस
Results 542: You are at page 4 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media