सोमवार, बैशाख १० गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
501.   अन्तर्राष्ट्रिय तालिम केन्द्र राजधानीमा खुल्यो
502.   बायोमेट्रिक प्रणाली लागू भइसकेको मलेसियन दूतावासको भनाई
503.   बायोमेट्रिकको विरोधमा व्यवसायी संघ सहभागी नहुने
504.   बायोमेट्रिक प्रणाली लाग्दा शुल्क नबढ्ने
505.   बायोमेट्रिक प्रणाली बिरुद्ध धर्ना जारी
506.   बायोमेट्रिक प्रणाली बिरुद्ध मलेसियन दूतावासमा धर्ना
507.   रोजगारको आवश्यकता र यसका सुधारका पक्षहरु
508.   अभिमूखिकरण व्यवसायीलाई जिम्मेवार हुन निर्देशन
509.   एमआरपी भएकालाई पनि मलेसियाले मनोमानि रुपमा फर्कायो
510.   महासंघको अध्यक्ष र महासचिवको सस्थामा विभागको अनुगमन
511.   आकर्षणवाट विदेश जानेलाई मलेसियाको सीम कार्ड निःशुल्क
512.   अभिमूखिकरण तालिमलाई प्रभावकारी वनाइने
513.   दूतावासले प्रमाणिकरण नगर्दा समस्या वढ्दो
514.   विदेश जानेको मेडिकल शुल्क वढ्ने
515.   मलेसिया र कतार शाखाको ताहचलमा उदघाटन
516.   नयाँ व्यवस्थापनमा स्वर्णिम मेडिकल सुन्धारामा
517.   व्यवसायी संघको चुनावी रौनकता तात्यो
518.   विभागको कारवाहीप्रति संघको आपत्ति
519.   अख्तियारले छोडेन वैदेशिक रोजगार विभागलाई
520.   नेपालीको गन्तव्य खाडी र मलेसिया मात्र ?
521.   महासंघ र विभागबीच सफ्टवेयर लिंक गर्ने तयारी
522.   पूर्वमा संचालित ३ दर्जन मेनपावरका शाखामा छापा
523.   विभागवाट मेनपावर कम्पनीको अनुगमन जारी
524.   साउदीका मेनपावर सामु निरिह वैरो संघ
525.   वैदेशिक रोजगार विभागमा ‘डे पोगो’ अपरेसन
Results 542: You are at page 21 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media