आइतवार, बैशाख ०९ गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
476.   कोरियामा नेपाली कामदारको तलब बढ्दै
477.   प्रगतिशिल रोजगार व्यवसायीले छुट्टै संघ खोल्ने चेतावनी
478.   वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्नेमा ओलीको जोड
479.   सार्कको घोषणा पत्रमा आप्रवासनको मुद्धा
480.   श्रम गन्तव्य खोज्न गठित समितिले पूर्णता पायो
481.   ब्यवस्थित वैदेशिक रोजगारका लागि आकर्षणको अन्तरक्रिया
482.   व्यवसायिक कृषिमा आकर्षित भए युवा
483.   कतारमा दक्ष जनशक्तिको माग:राजदूत हमर
484.   राहदानी विभाग पनि दुई सत्रमा सञ्चालन
485.   वैदेशिक रोजगारको सामाजिक पीडा
486.   मलेसियामा मृत्यु भएका दुई परिवारले पाए राहत
487.   एकता समितिको छुट्टै मेडिकल सेन्टर सुचारु
488.   मलेसियामा घाइते नेपालीलाई १ करोड ७ लाख क्षतिपुर्ति
489.   अवैध रुपमा अमेरिका जाने ३४ नेपाली पक्राउ
490.   वैदेशिक रोजगारमा हाउसमेडमा जान महिला कामदारलाई रोक
491.   इजरायलले पाँच हजार नेपाली लैजाने
492.   बर्दिया बाढी पीडितलाई प्याराडाइज इन्टरनेशनलको सहयोग
493.   मलेसियाले घरेलु नेपाली कामदार लिने घोषणा
494.   सेप्टेम्बर १ बाट बायोमेट्रिक अनिवार्य लागू गर्नु पर्ने मलेसियाको निर्णय
495.   कोरियाली भाषा परिक्षाको आवेदन फाराम खुल्यो
496.   रिजल्ट देखाउनुहोस् नत्र सरकारले कठोर नीति ल्याउँछ ः सचिव शिवाकोटी
497.   उड्ने बेलामा होइन पहिला नै तालिम प्रदान गर्ने गृहकार्य
498.   इराकबाट उद्धार गरिएका ११ नेपाल त्रिभुवन विमानस्थलमा (एक्स्क्लुसिव भिडिओ)
499.   आकर्षणको नवौ बाषिकोत्सवमा फलफुल वितरण
500.   विदेश जानेको भविष्य विगार्ने वा सपार्ने हात मेनपावरको
Results 542: You are at page 20 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media