सोमवार, बैशाख १० गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
26.   वैदेशिक रोजगारसम्बन्धी तालीम सेन्टर सञ्चालनमा
27.   नयाँ मेनपावरको दर्ता रोक्नेकी खोल्ने ?
28.   अमेरिकामा ‘टिपिएस रिजोलुसन’ पारित, १४ हजार नेपालीले पाए 'वर्क परमिट'
29.   कोरियाले एकैपटक पठायो ११ सयको श्रम सम्झौता
30.   वैदेशिक रोजगार विभागको महानिर्देशकमा आचार्य
31.   यूएई जानेलाई आर्थिक भार थपिदै
32.   अमेरिकी राष्ट्रपतिको ‘ब्रेकफास्ट मिटिङ’ मा वैदेशिक रोजगार व्यवसायीहरुको सहभागीता हुने
33.   सातै प्रदेशमा गरी ६ सय कर्मचारी खटाइयो
34.   वैदेशिक रोजगारीको नाममा जनप्रतिनिधिबाटै ठगी
35.   प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए
36.   स्थानीय तहका पाँच हजार सामाजिक परिचालक पुर्नवहालीको माग गर्दै सडकमा
37.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
38.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
39.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
40.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
41.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
42.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
43.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
44.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
45.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
46.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
47.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
48.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
49.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
50.   कैलाश खड्का महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित (फोटो फिचर)
Results 542: You are at page 2 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media