आइतवार, बैशाख ०९ गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
451.   कोरिया भाषा परीक्षाको आवेदन आजबाट खुल्ला
452.   इजरायलमा नेपाली कामदार सरकारले नै पठाउँदै
453.   इपीएसको आवेदन फारम खुल्यो
454.   बेरोजगारलाई रोजगार दिन सरकारलाई आदेश
455.   मृतक चौधरीको परिवारलाई एसओएस मेनपावरको सहयोग
456.   व्यवसायी संघको चुनाव बैशाखमा हुन्छ त ?
457.   म आफै पीडित भएको छु: मेनपावर व्यवसायी
458.   मलेसियाबाट फर्कियो संसदिय समिति
459.   दुवै देशका सरकारको कमजोरीले मलेसियामा नेपालीलाई दुख
460.   कोरियाको नेपाली दूतावास नेपालीप्रति नै बेखबर
461.   वैदेशिक रोजगार पत्रकार समाजमा नयाँ नेतृत्व
462.   कोरिया जाने युवा भन्छन्-'सरकारी निकायले नै ठग्यो'
463.   खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती
464.   कोरिया जाने चक्करमा यसरी ठगिए युवा
465.   संघका अध्यक्ष वाग्लेलाई पितृ शोक
466.   संघको साधारण सभा पुन आगामी शुक्रबार हुने
467.   जिल्ला प्रशासनको निर्देशन नटेर्दै संघले साधारणसभा गर्ने
468.   लोग्ने खोज्न मलेसिया
469.   भिएलएन नेपालको दर्ता खारेजी नहुने
470.   पुसमा ४५ हजार नेपाली बिदेसिए
471.   यूरोपियन मापदण्डको गोर्खा सेक्युरिटी संचालनमा
472.   कानूनीरुपमा संचालन भइरहेको भिएलएन नेपालको दावी
473.   मलेसियामा थुनामा परेका नेपालीको चित्कार
474.   विदेश जाँदा कति लाग्छ ?
475.   प्रगतिशिलद्धारा महिला भलिबल खेलाडीलाई सम्मान
Results 542: You are at page 19 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media