सोमवार, बैशाख १० गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
426.   आकर्षणको अग्रसरतामा सिन्धुपाल्चोकका भुकम्पपीडितलाई २६ लाख वितरण
427.   अध्यक्षका प्रत्यासीले मागे श्रमराज्यमन्त्री राजिनामा
428.   संघको महासचिवमा महासंग्राम
429.   संघ निर्वाचनमा प्रथम उपाध्यक्षमा तीन प्रतिष्पर्धी
430.   कांग्रेसले भन्यो संघको नेतृत्वमा आधिकारिक ढकाल प्यानल
431.   ढकालको नेतृत्वमा फोरमको पूर्ण प्यानल घोषणा
432.   संघको आगामी नेतृत्वमा पोखरेलको प्यानल घोषणा
433.   विशुद्ध व्यवसायिक घिमिरेको सबै पदसहितको प्यानल सार्वजनिक
434.   ‘फ्रि भिषा, फ्रि टिकट’ तत्काल लागु नहुने संकेत
435.   बिशुद्ध व्यवसायिक नेतृत्वका लागि घिमिरेको प्यानल
436.   वैदेशिक रोजगार अब निःशुल्क
437.   कामदारको मागपत्र प्रमाणीकरण दूतावासबाट मात्र गर्न निर्देशन
438.   बाणिज्य बैंकमा १ सय ९५ जनालार्इ स्थायी जागिर खुल्यो
439.   विद्युत प्राधिकरणमा १६ सय ९९ जनाको जागिर खुल्यो
440.   तामाङ निर्वाचन प्रमुख बनेपछि संघको विवादमा ‘यूटर्न’
441.   शर्त पुरा नगरेसम्म घरेलु कामदार नपठाउन राजदूतको आग्रह
442.   नेपालले दियो क्यानडालाई दक्ष कामदारको सूची
443.   भूकम्पबाट मृत्यु भएका परिवारका सदस्यलाई रोजगारी माग
444.   स्वास्थ्य व्यवसायी महासंघले बाँड्यो १५ लाखको राहत
445.   ‘जिरो कष्ट’ मा कामदार पठाउन व्यवसायी तयार
446.   विदेसिने क्रम र रेमिट्यान्स बढ्ने
447.   ईपीएस कोरियन भाषा परीक्षा सर्ने
448.   घरेलु कामदार मेनपावरले मात्र पठाउन पाउने
449.   सरकारकी मेनपावर एजेन्सी !
450.   वैदेशिक रोजगारीमा शुल्क प्रणाली लागू गर्ने तयारी
Results 542: You are at page 18 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media