सोमवार, बैशाख १० गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
401.   फ्री भिषा र फ्री टिकट लागु हुँदा विदेश जाने घटे
402.   महानिर्देशक सुवेदीलाई कालोमोसो र कुटपिट
403.   इजरायल जाने मापदण्ड तोकियो
404.   अन्तत बायोमेट्रिक लागु
405.   नेपाली कामदार इजरायल जाने बाटो खुल्यो (भिडियो सहित)
406.   महासंघद्वारा ४ सदस्य मनोनित
407.   ३१ बूँदे सहमति खारेज हुनुपर्ने व्यवसायीको माग
408.   संघको भेलामा कुर्सी हानाहान
409.   सरकारसँगको सहमतिलाई लिएर व्यवसायीहरुमा विवाद
410.   गत आवमा सवैभन्दा बढी कामदार विदेश पठाउनेमा एसओएस (सुचि सहित)
411.   लागु भएन फ्रि टिकट, कान्तिपुरमै हाँकाहाँकी विज्ञापन
412.   ‘सरकारसँगको सम्झौता दुवै पक्षको जीत’
413.   अब फ्री भिसा र फ्री टिकटको विषय मिल्यो
414.   फ्री भीषा फ्री टिकटमा आफै चुके मेनपावर व्यवसायी
415.   ५ हजारमा मिलेन मन्त्रालय र व्यवसायीको वार्ता
416.   मेनपावर व्यवसायी–मन्त्रालय वार्ता सहमति नजिक
417.   श्रम मन्त्रालय र व्यवसायीबीच वार्ता जारी
418.   कुर्सीमा बस्ने मेनपावर व्यवसायीलाई गर्मीमा आन्दोलन नगर्न मन्त्रीको आग्रह
419.   व्यवसायीले नटेरे जीटुजी मार्फत कामदार पठाउन सकिन्छ : मन्त्री गुरुङ
420.   व्यवसाय ठप्प पार्दै वैदेशिक रोजगार व्यवसायीहरुको आन्दोलन जारी
421.   सरकारले निर्णय फिर्ता नगरे मेनपावर अनिश्चितकाल बन्द
422.   “फ्री भिसा, फ्री टिकट” सरकारले लागु गरेरै छोड्ने
423.   संघमा विमल ढकाल विजयी (मत परिणामसहित)
424.   वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा सम्पन्न
425.   संघमा नयाँ नेतृत्वको निर्वाचन भोली बिहिबार हुदै
Results 542: You are at page 17 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media