आइतवार, बैशाख ०९ गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
251.   सफ्टवेयर लागू गर्न श्रमसचिवको अग्रसरता
252.   श्रममन्त्री र सचिवकै अगाडि व्यवसायी र सह–सचिवबीच चर्काचर्कि (भिडियोसहित)
253.   व्यवसायीले श्रममन्त्रीसँग निर्णायक वार्ता गर्दै
254.   मलेसिया जाने कामदारको प्रवेशाज्ञाको लागि राहदानी पठाउन रोक
255.   मलेसिया जानेले १८ हजार फाल्तु तिर्दै, सरकार भन्छ फ्री भिषा र फ्री टिकट
256.   राष्ट्रिय वाणिज्य बैंकमा २४९ कर्मचारी माग (सुचनासहित)
257.   काठमाडौं महानगरपालिकामा जागिर खुल्यो (सुचनासहित)
258.   कोरिया र इजरायलमा पनि फ्री भिसा फ्री टिकट लागू गर्न प्रस्ताव
259.   यूएइका सुरक्षा गार्डको समस्या समाधान, काममा नै फर्कने
260.   वैदेशिक रोजगारसम्बन्धि उजुरीलाई फास्ट ट्रयाकबाट सम्बोधन गरिने
261.   सुरक्षा गार्डको श्रम स्वीकृति बन्द गर्न निर्देशन
262.   गैरेको अध्यक्षतामा फोरममा निर्विरोध नयाँ कार्यसमिति
263.   इजरायलले थप नेपाली कामदार लिने
264.   ब्यवसायीले नै बिर्सिए ‘कालो दिन’ भदौ १६
265.   पुन श्रमस्वीकृतिको पैसा तिर्न श्रमग्राम जानु नपर्ने
266.   वैदेशिक रोजगारमा प्रधानमन्त्रीको चासो
267.   श्रममन्त्री गुरुङलाई मन्त्रालयको काम भन्दा क्वाटर नपाएको चिन्ता
268.   अभिमुखीकरण तालिमको अनियमिततामा किन अख्तियार मौन ?
269.   युएईमा रहेको नेपाली दुताबासले घरेलु कामदार ल्याउन दश एजेन्सीलाई अनुमति
270.   अवैध कामदारलाई आममाफी दिने कतारको घोषणा
271.   वैरो विभागको घुसखोरी खरिदार देखि मन्त्रालयका सचिब सम्मको जालो
272.   युरोपेली देश लिथुएनियामा नेपाली कामदारको माग, अनुमति दिने सरकारी तयारी
273.   मलेसियामा नेपालीको शाख नघटेकोले माग अझ बढ्ने
274.   वैरो विभागकि खुङ्खार भ्रस्टचारी भट्टराई
275.   विदेश होइन तरकारी खेतीप्रति युवाको आकर्षण
Results 542: You are at page 11 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media