सोमवार, बैशाख १० गते, २०७५
पुन : श्रमस्वीकृति कार्यरत मुलुकबाटै हुने व्यवस्था मिलाउछौ : मन्त्री विष्ट
मंगलवार, २०७४ चैत्र २६ गते ०२:४५

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले सुझाव दिएका छन् । 
 
वैदेशिक रोजगार पत्रकार समाजले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एनआरएनएका पदाधिकारीहरुले बुदागतरुपमै वैदेशिक रोजगारीका क्रममा रहेका समस्या र समाधानको विषयमा मन्त्री विष्टलाई सुझाव दिएका हुन ।
 
सो अवसरमा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति हटाउन र यसलाई सुरक्षित बनाउँन आफु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका थिए । उनले वैदेशिक रोजगारीको क्षेत्रमा व्याप्त सिण्डिकेटको अन्त्य गरी मुलुकको अर्थतन्त्रमा योगदान दिने नेपाली कामदारहरुको हकहित र अवस्थालाई सुरक्षित बनाउँन आफुले चाडै कडा कदम चाल्ने समेत प्रतिवद्धता जनाएका थिए ।   
 
मन्त्री विष्टले अहिले श्रम स्वीकृतिका लागि काठमाडौ नै धाउनुपर्ने अवस्था रहेकोमा यसलाई विकेन्द्रिकरणको निर्णय गरिसकिएको बताउँदै पुनः श्रम स्वीकृतिका लागि पनि विदेशमा आफु कार्यरत मुलुकबाटै गर्ने व्यवस्था मिलाउन आफु लागिपर्ने बताए ।
 
त्यस अवसरमा उनले यूएई सरकार नेपालका सरकारी अस्पतालमा गरिएको कामदारको स्वास्थ्य परिक्षणलाई मान्यता दिन तयार रहेको जानकारी दिदै यस विषयमा नेपालका लागी यूएईका राजदुत साईद हमदाम अलनाकवीसँग छलफल भएको बताए । 


 
एनआरएनए मध्यपूर्व संयोजक आरके शर्माले विदेशमा समस्यमा पर्ने नेपालीलाई तत्काल उद्धार र राहत दिने व्यवस्था मिलाउनु पर्ने, ब्लडमनी तिर्नु पर्ने र कानुनी अप्ठ्यारोमा पर्नेहरुका लागि दूतावासमै वकिलको व्यवस्था गर्नुपर्ने, दूतावासबाटै श्रम स्वीकृती हुनुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्ने तथा दुई दिने अभिमुखिकरण प्रभावकारी बनाउनुपर्ने माग गरे । त्यसका लागि सरकारले नै अभिमुखिकरण दिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । 

एनआरएनए मलेसिया अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया जाने नेपालीका लागि नेपाल सरकारले तोकेको तलब र त्यहाँ दिइने तलब फरक रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने, मलेसियामा मुख्य रुपमा रहेको नेपाली अवैधानिक हुने समस्या कम गर्न दूतावासले नै  डिमाण्ड प्रमाणिकरण गर्नु पर्नेमा जोड दिए ।  
 
एनआरएनए दक्षिण कोरियाका महासचिव डाक्टर इन्दिरा तिवारीले इपिएसबाट गएका नेपाली पनि अदक्ष रुपमा गइरहेकोतर्फ इंकित गर्दै दक्ष कामदार पठाउनुपर्नेमा जोड दिईन । उनले कोरियाली नागरिकले नगरेका काम नेपालीले गर्नु परिरहेको भन्दै सीपयुक्त जनशक्ति पठाउन सरकारले नै सीप सिकाउनुपर्ने धारणा राखिन । काम गाह्रो हुँदा नेपाली कामदारमा डिप्रेसनको समस्या बढेको भन्दै उनले त्यसकै कारण आत्महत्याको दर पनि बढीरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिन  । 
 
कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव डिबी क्षेत्री, एनआरएनए मलेसियाका महासचिव डिबि तामाङ,  ओएनएफ कतारका अध्यक्ष चानक पोखरेललगायतले नेपाली कामदारका  समस्याहरु मन्त्री विष्टसमक्ष जानकारी गराउँदै सुझावहरु दिएका थिए । एनआरएनए ओमानले कामदारका हितका विषय समेट्दै ज्ञापन पत्र पनि बुझाएको छ । समाजका सभापति हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम समाजका उपाध्यक्ष उद्धवराज भट्राईले सञ्चालन गरेका थिए । 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
176.   वैदेशिक रोजगारसम्वन्धी मोबाइल एप्स सार्वजनिक हुदै
177.   पानामा पेपर्स प्रकरणबारे महतोको प्रष्टोक्ति
178.   एनआरएनए उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिती गठन
179.   एनआरएनएको सहयोगमा लाप्राक बन्ने भयो नमुना गाँउ
180.   राष्ट्रपति भण्डारीद्धारा भूकम्प स्मृति उद्यानको शिलान्यास
181.   एनआरएनए मलेसियाका अध्यक्ष शाहमाथि कारवाही
182.   भूकम्पबाट क्षतिग्रस्थ विद्यालयलाई एनआरएनएको सहयोग
183.   एनआरएनए यूएईद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
184.   एनआरएनए अष्ट्रियाको अध्यक्षमा खतिवडा
185.   एनआरएनए ओमानद्धारा गजल प्रतियोगिता सम्पन्न
186.   इकोटिरियल गुयानामा एनआरएनएको ७३ औ शाखा गठन
187.   एनआरएनएमा केसीले ल्याए १३ बूँदे कार्य योजना
188.   एनआरएनए युएईद्धारा अबुधावीमा निःशुल्क स्वास्थ्य शिविर संचालन
189.   विधार्थीको हितका लागि एनआरएनए अस्ट्रेलियाले कल्याणकारी कोष बनाउने
190.   भूकम्पपीडितका लागि एनआरएनको हजार घर खोई ?
191.   एनआरएनए जापान क्षेत्रीय समिति नागोयद्धारा न्यानो कम्बल वितरण
192.   पूर्वाधार विकास कम्पनीको अध्यक्षमा एनआरएनए उपाध्यक्ष भट्ट चयन
193.   एनआरएनमा थप १० सहित २१ जना सल्लाहकार नियुक्त
194.   एनआरएनए टास्कफोर्समा पहिलो पटक 'हजारे अभियान' र 'उद्धार कोष' समावेश
195.   एनआरएन अध्यक्ष घले र कतारी गृहमन्त्रालयका उच्च अधिकारीवीच छलफल
196.   एनआरएन कतारको नयाँ कार्यसमितिको कार्यभार हस्तान्तरण
197.   एनआरएनएले साउदी अरबमा श्रमिक सर्वेक्षण गर्ने
198.   एनआरएनए कतारमा तामाङ
199.   शर्माद्धारा धादिङ सेर्तुङका १२ सयलाई कम्बल वितरण
200.   घले दम्पतिले जनकपुर अस्पतालमा प्रसुति गृह निर्माण गर्दिने
Results 397: You are at page 8 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media