सोमवार, बैशाख १० गते, २०७५
पुन : श्रमस्वीकृति कार्यरत मुलुकबाटै हुने व्यवस्था मिलाउछौ : मन्त्री विष्ट
मंगलवार, २०७४ चैत्र २६ गते ०२:४५

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले सुझाव दिएका छन् । 
 
वैदेशिक रोजगार पत्रकार समाजले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एनआरएनएका पदाधिकारीहरुले बुदागतरुपमै वैदेशिक रोजगारीका क्रममा रहेका समस्या र समाधानको विषयमा मन्त्री विष्टलाई सुझाव दिएका हुन ।
 
सो अवसरमा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति हटाउन र यसलाई सुरक्षित बनाउँन आफु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका थिए । उनले वैदेशिक रोजगारीको क्षेत्रमा व्याप्त सिण्डिकेटको अन्त्य गरी मुलुकको अर्थतन्त्रमा योगदान दिने नेपाली कामदारहरुको हकहित र अवस्थालाई सुरक्षित बनाउँन आफुले चाडै कडा कदम चाल्ने समेत प्रतिवद्धता जनाएका थिए ।   
 
मन्त्री विष्टले अहिले श्रम स्वीकृतिका लागि काठमाडौ नै धाउनुपर्ने अवस्था रहेकोमा यसलाई विकेन्द्रिकरणको निर्णय गरिसकिएको बताउँदै पुनः श्रम स्वीकृतिका लागि पनि विदेशमा आफु कार्यरत मुलुकबाटै गर्ने व्यवस्था मिलाउन आफु लागिपर्ने बताए ।
 
त्यस अवसरमा उनले यूएई सरकार नेपालका सरकारी अस्पतालमा गरिएको कामदारको स्वास्थ्य परिक्षणलाई मान्यता दिन तयार रहेको जानकारी दिदै यस विषयमा नेपालका लागी यूएईका राजदुत साईद हमदाम अलनाकवीसँग छलफल भएको बताए । 


 
एनआरएनए मध्यपूर्व संयोजक आरके शर्माले विदेशमा समस्यमा पर्ने नेपालीलाई तत्काल उद्धार र राहत दिने व्यवस्था मिलाउनु पर्ने, ब्लडमनी तिर्नु पर्ने र कानुनी अप्ठ्यारोमा पर्नेहरुका लागि दूतावासमै वकिलको व्यवस्था गर्नुपर्ने, दूतावासबाटै श्रम स्वीकृती हुनुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्ने तथा दुई दिने अभिमुखिकरण प्रभावकारी बनाउनुपर्ने माग गरे । त्यसका लागि सरकारले नै अभिमुखिकरण दिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । 

एनआरएनए मलेसिया अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया जाने नेपालीका लागि नेपाल सरकारले तोकेको तलब र त्यहाँ दिइने तलब फरक रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने, मलेसियामा मुख्य रुपमा रहेको नेपाली अवैधानिक हुने समस्या कम गर्न दूतावासले नै  डिमाण्ड प्रमाणिकरण गर्नु पर्नेमा जोड दिए ।  
 
एनआरएनए दक्षिण कोरियाका महासचिव डाक्टर इन्दिरा तिवारीले इपिएसबाट गएका नेपाली पनि अदक्ष रुपमा गइरहेकोतर्फ इंकित गर्दै दक्ष कामदार पठाउनुपर्नेमा जोड दिईन । उनले कोरियाली नागरिकले नगरेका काम नेपालीले गर्नु परिरहेको भन्दै सीपयुक्त जनशक्ति पठाउन सरकारले नै सीप सिकाउनुपर्ने धारणा राखिन । काम गाह्रो हुँदा नेपाली कामदारमा डिप्रेसनको समस्या बढेको भन्दै उनले त्यसकै कारण आत्महत्याको दर पनि बढीरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिन  । 
 
कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव डिबी क्षेत्री, एनआरएनए मलेसियाका महासचिव डिबि तामाङ,  ओएनएफ कतारका अध्यक्ष चानक पोखरेललगायतले नेपाली कामदारका  समस्याहरु मन्त्री विष्टसमक्ष जानकारी गराउँदै सुझावहरु दिएका थिए । एनआरएनए ओमानले कामदारका हितका विषय समेट्दै ज्ञापन पत्र पनि बुझाएको छ । समाजका सभापति हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम समाजका उपाध्यक्ष उद्धवराज भट्राईले सञ्चालन गरेका थिए । 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
76.   एनआरएन कोरियाको अध्यक्षमा गुरुङको पक्षमा माहोल बन्दै
77.   एनआरएनए सचिवमा मध्यपूर्व संयोजक क्षेत्रीको उम्मेदवारी घोषणा
78.   एनआरएनए मध्यपूर्व संयोजकमा शर्माको उम्मेदवारी घोषणा
79.   बाढी पीडितको अवस्था बुझ्न एनआरएनए पदाधिकारी सप्तरीमा
80.   गैरआवासीय नेपाली संघले सप्तरीमा राहत बितरण गर्ने
81.   एनआरएन कतारको महिला संयोजकमा गुरुङ निर्वाचित
82.   बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना
83.   एनआरएनए ओमानमा पुनः श्रेष्ठ, आइसिसि नेतृत्वका लागि केसी र क्षेत्रीको नाम प्रस्ताव
84.   एनआरएनए जाम्बियाको अध्यक्षमा उप्रेती निर्वाचित
85.   गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न
86.   एनआरएनए साउदी अरबको दशौं वाषिर्कोत्सब सम्पन्न
87.   गैरआवासीय नेपाली संघको दशौं युरोपियन बैठक जर्मनीमा सुरु
88.   अध्यक्ष घलेको पत्रले एनआरएन अमेरिकाको विवाद सकिदै
89.   एनआरएनए स्पेनको अध्यक्षमा सापकोटा
90.   एनआरएन क्लव ओमानको सोहार क्षेत्रीय समितिमा गौतम
91.   एनआरएनए महासचिवको पत्रले अमेरिकी एनआरएनमा खैलाबैला
92.   एनआरएनए बहराइनको अध्यक्षमा पुन निर्विरोध चयन
93.   एनआरएनएको सरसफाईको कमाल : आहा ! नेपालको अन्तर्राष्ट्रिय विमानस्थल
94.   एनआरएनए ईक्वेटेरियल गेनियामा नयाँ नेतृत्व, अध्यक्षमा सेढाई निर्वाचित
95.   मलेसियामा नेपाली सुरक्षा गार्डको बहादुरी (भिडियोसहित)
96.   एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा टोनु गोथाने निर्वाचित
97.   ओमानमा महिनामा एक दिन ‘राजदुतसंग कफि’ कार्यक्रम
98.   कुवेतबाट फर्किएकी छोरी ह्वील चेयरमा देख्दा आमाको आँशु रोकिएन
99.   त्रिभुवन बिमानस्थलमा एनआरएनको सरसफाइ अभियान
100.   एनआरएनए केन्यामा नयाँ नेतृत्व चयन
Results 397: You are at page 4 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media