सोमवार, बैशाख १० गते, २०७५
डिमाण्ड किन्ने मेनपावरलाई संघले नै कारवाही गर्ने
शुक्रवार, २०७४ चैत्र २३ गते २२:३६

 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा कामदार पठाउँदा सरकारले लागु गरेको फ्री भिषा फ्री टिकट अव्यवहारिक भएको भन्दै ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क हुनु पर्ने माग गरेको छ । 
 
तत्कालीन श्रम  तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले २०७२ असार २१ गतेबाट खाडीका ५ र मलेसियामा रोजगारीमा जाने कामदारबाट व्यवसायीले सेवा शुल्क वापत बढिमा दश हजार मात्र लिन पाउने गरी गरेको फ्री भिषा फ्री टिकट निर्णयलाई संशोधन गर्न माग गरेको हो ।
 
संघले फ्री भिषाको निर्णय निरन्तरता दिने र रोजगारदाता कम्पनीले एकतर्फी हवाई टिकट नदिएको खण्डमा भारत लगायत दक्षिण एशियाली मुलुकहरुले जस्तै कामदार आफैले हवाई टिकट खरीद गरी जान मिल्ने व्यबस्था गर्न सरकार समक्ष आफ्नो माग राखेको छ । 
 
त्यसैगरी, संघले रोजगारदाता कम्पनीले सेवा शुल्क उपलब्ध नगराएको खण्डमा सेवा शुल्क बापत कामदारबाट बढीमा एक महिना बराबरको तलब  लिन पाउनुपर्ने, मेडिकल, बीमा, कल्याणकारी कोष, अभिमुखीकरण तालिम लगायत अन्य शीर्षकहरुमा हुने खर्च कामदार आफैले व्यहोर्नुपर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
 
व्यवसायीले हाल लिइरहेको सेवा शुल्क परिमार्जनको माग गर्दै मागपत्र अर्थात डिमाण्ड प्राप्त गर्न अस्वस्थ प्रतिस्पर्धा गर्ने व्यवसायीप्रति कारवाहीका लागि संघले नै सिफारिस गर्ने बताएको छ । संघले डिमाण्ड ल्याउन अस्वस्थ प्रतिस्पर्धा गर्ने म्यानपावर कम्पनीको सदस्यता निलम्बन गरी कारबाहीका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरिने समेत जनाएको छ ।
 
संघले भीषा किन्न विदेशी कम्पनीलाई कमिसन दिने कामलाई अस्वस्थ प्रतिस्पर्धा भन्दै त्यस्तो कार्यले वैदेशिक रोजगारीमा जाने कामदारमाथि अस्वभाविक रुपम आर्थिक भार पारेको बताएको छ ।
 
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले वैदेशिक रोजगार क्षेत्रका खराबी अन्त्य गर्न आफू कठोर कदम चाल्ने तयारीमा रहेको बताइरहेका बेला संघले पनि डिमाण्डका लागि अस्वस्थ प्रतिस्पर्धा गर्ने मेनपावर कम्पनीलाई संघको सदस्यबाट हटाएर कारबाही गर्ने बताएको हो । विहीवार व्यवसायीहरुलाई पत्र लेख्दै संघका अध्यक्ष रोहन गुरुङले डिमाण्ड ल्याउने विषयमा अनुचित मोलमोलाई र प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् । हाल संघमा ९ सय २७  वटा मेनपावर व्यवसायीहरु सदस्य रहेका छन् । 


 
त्यस्तै, संघले अनाधिकृत रुपमा जोडिएका एजेन्टहरुले कामदारबाट चर्को रकम लिने गरेको र व्यवसायी संस्थाहरुबीच मागपत्र प्राप्त गर्न अस्वस्थ प्रतिस्पर्धाको कारणले गर्दा लागत बढेको भन्दै अनाधिकृत एजेन्टबाट हुने ठगी नियन्त्रण गर्न संघले तयार गरेको अनलाइन पोर्टलमार्फत वैदेशिक रोजगारीमा जाने कामदारहरुको आवेदन संकलन गरी ईजाजतपत्रवाला व्यवसायीसँग सिधा सम्पर्क गराउने र  मागपत्र प्राप्त गर्न व्यवसायीहरुबिच हुने अस्वस्थ प्रतिस्पर्धाको समस्या समाधान गर्न संघले स्थापना गरेको इमेलमा गोप्य रुपमा पत्राचार गर्न सदस्यहरुलाई आग्रह गरेको छ ।
 
यता केही मेनपावर व्यवसायीहरुले संघले आफ्ना सदस्यको रक्षा र हकहितका लागि लाग्नु पर्नेमा उल्टै व्यवसायी विरोधी कार्य गरेको भन्दै विरोध जनाएका छन् । संघका अध्यक्ष रोहन गुरुङलाई पहिला आफ्नै कार्यसमितिका व्यवसायीहरुलाई कारवाही गरेर देखाउन अनुरोध समेत गरेका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
101.   वैदेशिक रोजगारीका समस्या समाधान गर्न अन्तर मन्त्रालय समन्वयको माग
102.   मेनपावरको धरौटी बढाउन खोजेकै हौ, तर छलफल गरेर पुर्नबिचार गर्न सक्छौ : महानिर्देशक पाण्डे
103.   ‘गुरुङ प्यानललाई एमालेले जितायो, अब एमाले नै उनको कार्यकाल सफल बनाउन लाग्छ’ पूर्वप्रम ओली
104.   कर्मचारीको भ्रमणमा अर्बौ सक्ने सरकारको जवाफ : नेपालीको शव फर्काउन ३ लाख छैन
105.   एसओएसलाई पछार्दै द रिभर बन्यो उत्कृष्ट
106.   दक्षिण कोरियामा कामदारको न्यूनतम तलबमा बृद्धि हुदै
107.   संघ नेतृत्वका लागि आज चुनाव
108.   १२ मेनपावर छनोट भएको दुस्प्रचार गर्ने माथि एफडब्लुसीएमएसले कानुनी उपचार खोज्ने
109.   विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई अब बोर्डबाट ७ लाख क्षतिपूर्ति
110.   वर्तमान सरकारले नै फ्री भिसा फ्री टिकट परिमार्जन र सिन्डिकेट खारेज गर्ने कांग्रेसका प्रभावशाली नेताको प्रतिवद्दता
111.   वैदेशिक रोजगारीमा ठगिनु भएको छ,उद्धारका लागि स्थापना भयो ‘सहायता कक्ष’
112.   दक्षिण कोरियामा दक्ष कामदार पनि लिन श्रम मन्त्री मन्सुरको आग्रह
113.   सरकारद्धारा विदेशमा काम गरी फर्किएका ८ जना उद्यमीलाई राष्ट्रिय सम्मान
114.   ढकाल प्यानललाई बिजयी गराउन आक्रामक रणनीतिका साथ घिमिरे चुनावी मैदानमा(हेर्नुस भिडियो)
115.   संघमा लेबी बुझाउने समय असार २३ सम्म
116.   बैद्यरुपमा बसेका आप्रवासीलाई नहटाउँने वेलायती प्रधानमन्त्रीको चाहना
117.   वैदेशिक रोजगारका समस्याप्रति प्रतिवद्ध छु : प्रधानमन्त्री देउवा
118.   रङ फेर्नेहरुलाइ लत्याइदिनुुहोस : कांग्रेस नेता पाण्डे
119.   घरेलु कामदार खुलाउन पहल गर्छु : मन्त्री मन्सुर
120.   अन्तत गेलालको पोल्टामा महासचिव, प्यानल नै जित्ने दावी
121.   रोजगारीकालागि कतार जाने कामदार घट्दै
122.   सही नेतृत्व नछान्दा व्यवसायीले दुःख पाए, दोहोर्याएर त्यो गल्ति अब व्यवसायीले गर्ने छैनन् : गेलाल
123.   संघको निर्वाचनमा प्रगतिशिल मञ्च गठवन्धनसहित होमिने निर्णय
124.   बिमल ढकाल फोरमको उम्मेदवार,भोलि औपचारिक घोषणा
125.   आप्रवासी कामदारको समस्या जटिल बन्दैछ : आयुक्त पाठक
Results 542: You are at page 5 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media