मंगलवार, बैशाख ११ गते, २०७५
विहिवार, २०७४ चैत्र २२ गते २२:५१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई वैदेशिक भ्रमणमा जानुअघि मन्त्रालयबाट अनिवार्य रुपमा मनोनयन स्वीकृति लिन निर्देशन दिएको छ । 
 
नियमावली स्वीकृति नभएसम्म स्थानीय तहका पदाधिकारी र कर्मचारीले औचित्यता, सान्दर्भिकता, मितव्ययिता र पदीय मर्यादालाई समेत ख्याल गरी वैदेशिक भ्रमणको निर्णय लिनुपर्ने पक्षलाई हेक्का गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ । 
 
वैदेशिक भ्रमणको अभिलेखीकरण र लगत व्यवस्थित गर्नुपर्ने जनाउँदै मन्त्रालयले यसअघि भएका भ्रमणको विवरण सात दिनभित्र उपलब्ध गराउन सूचित गरेको छ । वैदेशिक भ्रमण भएको मुलुक र स्थान, सहभागी पदाधिकारी र कर्मचारी, आयोजक संस्था, उद्देश्य र अवधि, वित्तीय स्रोत, पदीय मर्यादा भए नभएको र भ्रमणको आधारसमेतका स्पष्ट विवरण उपलब्ध गराउन मन्त्रालयबाट अनुरोध भएको उपसचिव नारायणप्रसाद रिमालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । 
 
सरकारी प्रतिनिधिको हैसियतमा विदेश भ्रमण गर्ने विषय राज्यका लागि अत्यन्त संवेदनशील विषय भएको जनाउँदै मन्त्रालयले सबै तहका सरकारले सो विषयमा सचेत रहनुपर्ने उल्लेख गरेको छ । विदेशसँग सम्पर्क गर्दा स्थानीय तहले सम्पर्क मन्त्रालयमार्फत गर्नुपर्ने संवैधानिक र कानूनी व्यवस्था छ । 
 
स्थानीय तहका पदाधिकारी र कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानून, मापदण्ड बनाइने स्थानीय विकास मन्त्रालयको कार्यक्षेत्र परेको छ । स्थानीय तहको पदाधिकारीको वैदेशिक भ्रमणसम्बन्धी नियमावलीको मस्यौदा तयार भई नेपाल सरकारबाट स्वीकृत हुने प्रक्रियामा रहेको जनाउँदै मन्त्रालयले नियमावली स्वीकृतिपछि सोहीअनुरुप हुने स्पष्ट गरेको छ । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
2.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
3.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
4.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
5.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
6.   आइजिपी दुई खनाललाई दर्ज्यानी चिन्ह प्रदान
7.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
8.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
9.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
10.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
11.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
12.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
13.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
14.   आज रामनवमी र चैते दशैें
15.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
16.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
17.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
18.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
19.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
20.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
21.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
22.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
23.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
24.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
25.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
Results 684: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media