मंगलवार, बैशाख ११ गते, २०७५
विहिवार, २०७४ चैत्र २१ गते ०४:४१

सिन्डिकेट विरुद्ध आक्रामक बनेको सरकारले एकैदिन चार वटा कम्पनीलार्इ धुलिखेल र पनौतीका लागि अस्थायी रुट दिएको छ।
 
मयुर यातायात विरुद्ध हड्तालमा उत्रिएका कोटेश्वर पूर्वका बस व्यवसायीलार्इ लक्षित गर्दै यातायात व्यवस्था विभागले अस्थायी रुट इजाजत दिएको हो।
 
सरकारले सम्भवत इतिहासमै पहिलो पटक यस्तो निर्णय गरेर रुट इजाजत दिएको हो। यातयात व्यवस्था विभागका अनुसार साझा यातायात,सिटी मेट्रो यातयात,अन्नपूर्ण यातायात, शिवदर्शन प्राली र मध्य उपत्यका यातायातलार्इ रुट इजाजत दिएको हो।
 
विभागले सिन्डिकेटको पक्षमा उत्रिएपछि एकै दिनमा रुट इजाजत दिने घोषणा गरेको थियो।यो घोषणापछि ती कम्पनीले बस संचालनका लागि आवेदन दिएका थिए।विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले कोटेश्वर पूर्वका यातायात व्यवसायीले सेवा ठप्प पारेपछि चार वटा कम्पनीलार्इ अस्थायी रुट इजाजत दिएको बताए।विभागका अनुसार साझा यातायातका १० वटा बसलार्इ पनौतीसम्म र अरु १० वटा बसलार्इ धुलिखेलसम्म इजाजत दिइएको छ। आजै यो रुटमा नयाँ २५ वटा बसले इजाजत पाएर सेवा सुरु गरेको उनले बताए।
 
विभाग अनुसार रुट इजाजत माग्न कम्पनीहरु धमाधम आइरहेका छन्। रुट र यात्रुको चापलार्इ मध्यनजर गर्दै विभागले नयाँ कम्पनीका बसहरुलार्इ अस्थायी रुट इजाजत दिएको छ। बसको संख्या र चल्ने रुट खुलाएर निवेदन दिए रुट इजाजत पाइने भट्टरार्इले जानकारी दिए।

  यातायातले व्यवस्था विभागले नयाँ निर्देशिका जारी गर्दै सिन्डिकेट हटाउने घोषणा गरेको थियो।उनले यातायात नचलाए हड्तालमा उत्रिएका कोटेश्वर पूर्वका बसको रुट इजाजत खारेज गर्ने बताए।
 
 ‘हामीले स्थानीय प्रशासनको सहयोगमा सिन्डिकेट कायम राख्नेगरि बस सेवा रोक्ने समितिको लगत संकलन गरिरहेका छौ,यदि अझै सेवा रोके रुट परमिट खारेज गरिदिन्छौ’उनले भने ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
2.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
3.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
4.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
5.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
6.   आइजिपी दुई खनाललाई दर्ज्यानी चिन्ह प्रदान
7.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
8.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
9.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
10.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
11.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
12.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
13.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
14.   आज रामनवमी र चैते दशैें
15.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
16.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
17.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
18.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
19.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
20.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
21.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
22.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
23.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
24.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
25.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
Results 684: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media