शनिवार, असार ०९ गते, २०७५
स्थानीयको गुनासो : ‘तपाईपछि एनआरएनएका प्रतिनिधि फिल्डमै बस्दैनन्’
मंगलवार, २०७४ चैत्र १९ गते ०३:०३

 
गैरआवासीय नेपाली संघ(एनआरएनए)ले बनाइरहेको गोरखा जिल्लाको ‘लाप्राक नमूना वस्तीमा’ एनआरएनएका निवर्तमान अध्यक्ष तथा संरक्षक शेष घले ५ महिनापछि सोमबार निमार्णस्थलमा पुग्दा स्थानीयको खुशीको सीमा रहेन । 
 
घलेसहित अन्य एनआरएन प्रतिनिधिहरु लाप्राकमा पुग्दा स्थानीयले धुमधामसहित स्वागत गरे । एनआरएनको अध्यक्षबाट घले ५ महिना अगाडि हटेपछि लाप्राक बस्ती निमार्ण नहुने होकी भन्ने चिन्तामा रहेका स्थानीयहरु घलेदम्पतीको पुनरागमनले ढुक्क मात्र भएनन् मख्खै परेर उनीहरुको स्वागत गरे । 
 
२०७२ बैशाख १२ गतेको महाविनासकारी भूकम्पबाट धेरै क्षति पु¥याएको गोरखा जिल्लाको हिमाली गाउँ लाप्राकको गुप्सीपाखामा ५ सय ७३ घर निमार्ण कार्य अहिले भइरहेको छ । 
 
घलेले स्थानीयलाई भने–‘विश्वमा रहेका नेपालीहरुको घर निमार्णका लागि पैसा परेको छ, ढुक्क हुनुहोस् हामी सबैको दायित्व छ, लाप्राक नमूना वस्ती बनाएर हस्तान्तरण गछौं ।’




 
घलेले यसरी बोलेपछि स्थानीयबासीको हाँसो र खुशी एकै पटक फर्कियो । स्थानीय एक युवाले भने–‘तपाईहरु आउन छोडेपछि त यहाँ कुनै रौकनता नै छैन, एनआरएनका कोही पनि यहाँ बस्ने गरेका छैनन् ।’ उनले घलेलाई एनआरएनएको नेतृत्वप्रति गुनासो गर्दै भने–‘ अहिले त एनआरएनका मान्छे टुरिष्टजस्तो हेलिमा आउँछन् जान्छन्, हामीलाई थाहै हुँदैन ।’ 
 
लाप्राकमा घलेदम्पती हप्तौ दिनसम्म बसेर निमार्ण कार्यमा खट्नेहरुलाई हौसला प्रदान गर्थे, आफै काममा जुट्थ्ये ।  

एनआरएनका निवर्तमान अध्यक्ष घलेले थालेको ‘लाप्राक नमूना वस्ती’ तोकिएको समयमा निमार्ण गर्न र हस्तान्तरण गर्न नसकेपछि घलेदम्पतीले अहिले आफैं तत्परता देखाएपछि एनआरएनहरुमा पनि आशा पलाएको छ । 


 
लाप्राकबासीले झण्डै १२ लाख रुपैयाँ लागत पर्ने दुई÷दुई कोठे दुई तले घर प्राप्त गर्ने छन् । नेपाल सरकारले बनाएको मापदण्डअनुसार तयार पारिने दुई तले घर भूकम्प प्रतिरोधी र स्थानीय परम्परा झल्किने खालका हुने बताइएको छ ।
 
‘लाप्राक नमुना वस्ती’ बनाउन नेपाली सेनाले पनि सहकार्य गरिरहेको छ । दूर्गम ठाउँ भएकाले सोचे अनुसार काम गर्न भने धेरै कठीन छ । भौगोलिक विकटताका कारण लाप्राक नमुना वस्तीको लागत निकै महंगो पर्ने र एनआरएनको अहिलेको नेतृत्वलाई हाउगुजी जस्तै भएको छ । 

 
घले दम्पतिसँगै संघकी सचिव जानकी गुरुङ, एनआरएनए एनसीसी युकेका प्रमुख संरक्षक एवं निवर्तमान  सल्लाहकार डमर घले, एनआरएनए युकेका पुर्व अध्यक्ष तथा पूर्व आइसिसिस सदस्य योगेन क्षेत्री, एसिया प्यासिफिकका पूर्व आरसी त्रिलोक गुरुङ, पूर्व महासचिव तेञ्जी शेर्पा,पुर्व सल्लाहकार युवराज गुरुङ, बेलायतका पूर्व अध्यक्ष मुक्षेत्र गुरुङ, बहराइनका पुर्व अध्यक्ष  श्याम तामांग, यूएसएबाट पासाङ्ग लामा र कर्मा शेर्पा लगायत लाप्राक पुगेका थिए । 
 
त्यसैगरी निवर्तमान अध्यक्ष घलेले आइतबार बालुवाटार स्थित संघको निर्माणाधीन भवनको अवलोकन गर्दै भवन निर्माण कार्य यथासिघ्र सम्पन्नगरी संघको सेक्रेटरी अफिस सरेपछि मात्र सबैलाई अपनत्व महसुस जनाए । 


 
घले दम्पतिले बालुवाटार स्थित एनआरएनएको भवन निर्माण स्थलमा पुगेर आफू अध्यक्षको नेतृत्वमा रहंदा ५० औं लाख एनआरएनहरुको सहयोग सम्झदै आफूले देखेको साझा घरको परिकल्पनाले सार्थकता पाएकोमा खुशी ब्यक्त गरे ।  शंखमूलमा एनआरएनहरुको सहयोगमा निर्माणाधिन शंखमूलघाट र एनआरएन पार्कको अवलोकन गर्दै यस पार्कले एनआरएन र नेपालीको मनलाई जोड्ने भन्दै  पार्कलाई अझै व्यवस्थित गर्दै लैजानु पर्ने घलेले बताए । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
2.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
3.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
4.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
5.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
6.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
7.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
8.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
9.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
10.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
11.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
12.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
13.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
14.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
15.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
16.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
17.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
18.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
19.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
20.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
21.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
22.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
23.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
24.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
25.   एनआरएनएको अस्तित्व संकटमा
Results 406: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media