मंगलवार, बैशाख ११ गते, २०७५
नेपालीको ४५ सय रुपैया जोगिने
सोमवार, २०७४ चैत्र १८ गते ०६:२६

संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देशमा नयाँ रोजगारीका लागि जाने युवालाई चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) दूतावासबाट प्रमाणीकरण गर्नु पर्ने नियमलाई स्थगित गरेको छ ।
 
गत फेब्रुअरी ४ देखि विदेशी कामदारका लागि लागू गरिएको नियम हाललाई स्थगित गरिएको जानकारी युएईको मानवीय संशाधन मन्त्रालयले आइतवार जानकारी दिएको छ ।
 
गल्फ न्युजका अनुसार युएईको यो घोषणासँगै रोजगारीका लागि त्यहाँ पुग्ने नेपाली युवाहरुमाथिको ४५ सय आर्थिक भारबाट राहत मिलेको छ । युएई सरकारले चालचलनको प्रमाणपत्र आफ्नो दूतावासबाट प्रमाणीकरण गरेर अनिवार्य पेश गनुपर्ने नियम लागु गरेको थियो । 
 
नेपालीहरुको बाक्लो उपस्थिति रहेको युएईमा अब त्यहाँ जान चाहने नेपालीरूले चारित्रिक प्रमाणपत्र बनाउनु पर्ने तर यूएई दूतावासमा प्रमाणीकरण गर्न नपर्ने भएकोमा  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एक प्रेस विज्ञप्ती निकाल्दै यूएई सरकारलाई धन्यवाद दिएको छ । 
संघका अध्यक्ष रोहन गुरुङले नेपाली श्रमिकलाई आर्थिकभार थप्ने नियम यूएई सरकारले स्थगित गर्नुमा नेपाल सरकारको मूख्य भूमिका रहेको बताएका छन् ।  
 
यसअघि युएईले नेपालसहित सात देशका नागरिकका लागि चारित्रिक प्रमाणपत्र अनिवार्य लागू गरेको थियो । तर युएईको अध्यागमन विभागले केही साताअघि नेपालीबाहेक अन्य ७ मुलुकका नागरिकाका लागि प्रहरी रिपोर्ट अनिवार्य गर्ने नियम हटाएको थियो ।
 
भारत, श्रीलंका, इन्डोनेसिया, इजिप्ट, सेनेगल, नाइजेरिया र ट्युनिसियाका कामदारलाई प्रहरी रिपोर्ट अनिवार्य नगरिएको अवस्थामा अप्रिल १ बाट नेपालीलाई पनि चारित्रिक प्रमाणपत्र नचाहिने भएको हो ।


 
युएई जाने नेपाली कामदारले प्रहरी रिपोर्ट प्रमाणीकरण गर्दा ४ हजार ५ सय तिर्नु पथ्र्यो । युएई दूतावास लाजिम्पाटमा नेपाली युवायुवतिको भीड थाम्न नसकेर धेरै सास्ती बढेको थियो । भीड बढेपछि  राजदूतावासले प्रमाणीकरणको जिम्मा दुई निजी ट्राभल कम्पनीलाई दिइएको थियो । याक्का ट्राभल्स र सीटी ट्राभल्सले प्रमाणीकरणको काम थालेपछि दूतावास अगाडिको भीड हटेको भएता पनि आर्थिकभार भने बढेकै थियो । 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
2.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
3.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
4.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
5.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
6.   कतारले कामदारको क्षतिपूर्ति दिने
7.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
8.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
9.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
10.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
11.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
12.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
13.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
14.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
15.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
16.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
17.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
18.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
19.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
20.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
21.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
22.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
23.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
24.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
25.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
Results 542: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media