मंगलवार, बैशाख ११ गते, २०७५
माउण्ट एभरेष्टको नाम फैलाउँदै लम्साल
आइतवार, २०७४ चैत्र १७ गते ०१:४०

सुमन गिरी / फणिन्द्र दाहाल यूएई, खाडि मुलुक यूएईमा व्यवसाय गर्ने नेपालीहरु दिनानुदिन बढदो छन् । विशेष गरी यूएईमा नेपालीहरुको लगानीमा रेष्टुरेन्ट, ट्राभल, व्युटीपार्लर, सैलुनजस्ता व्यवसाय संचालनमा आइरहेकोमा एक नेपाली युवाले भने अरुभन्दा फरक व्यवसाय पानीको व्यापारमा आफुलाई स्थापित गरेका छन् ।
 
आजभन्दा ६ वर्षअघि रोजगारीको शिलशिलामा यूएई छिरेका ललितपूरका युवा कुमार लम्सालले विगत १ वर्षदेखि यूएईको दुबई शहरलाई लक्षित गरी नेपाली ब्रान्डको पानी ‘माउण्ट एभरेष्ट ड्रिङकिङ वाटर’ बिक्रिवितरण गर्दै आएका छन् । 
 
एउटाले जुन व्यवसाय ग¥यो अरुले त्यसैलाई पछयाउने परिपार्टी छाडेर आफुले अरुभन्दा फरक क्षेत्रको व्यापारमा हात हालेको युवा व्यवसायी लम्साल बताउँछन् । ‘सुरुवाती समयमा प्रवासमा अरु नेपालीले नगरेको नयाँ व्यवसायमा हात हाल्दा साथीभाई तथा अग्रजहरुले खतरा हुने समेत सुझाएका थिए’ लम्साल भन्छन—‘यहाँ पानीको व्यवसायमा भारतीयहरुको दबदबा छ, तर केहि नयाँ गरौ र आफुसँगै देशलाई पनि फाइदा होस् भन्ने सोचाइले मलाई पानीको व्यवसाय गर्न उत्प्रेरित ग¥यो । यसबीचमा नेपालीहरुबाट पाएको मायाले मलाई यस व्यवसायप्रति थप उत्साही बनायो ।’


 
जापानमा अध्ययन गरेर नेपालमा कन्सल्टेन्शी व्यवसाय गर्दागर्दै यूएई भित्रिएका लम्साल जहाँ समस्या छ त्यहाँ समाधानको बाटो पनि हुने र चुनौती मोल्ने साहस गरे नै सफलता पनि मिल्ने बताउँछन् । शुरुवाती समयमा पानीको व्यवसाय थाल्दादेखि अहिलेसम्म पनि आफुले धेरै चुनौतीको सामना गरिरहेको स्मरण गर्दै आगामी दिनमा यूएईमा रहेका नेपालीहरुबाट आफुले पर्याप्त माया पाउनेमा आशावादी रहेको बताउँछन् । ‘अहिले पनि दुवईमा रहनुभएका धेरै नेपालीले मलाई र हाम्रो ब्राण्डलाई माया गर्नुभएको छ । यहाँ रहेका नेपालीहरुको माया यसरी नै बढदै जाने हो भने भोलीका दिनमा हाम्रो व्यवसाय धेरै फैलने पक्का छ ।’
 
दुबईलाई फोकस गरी नेपाली ब्राण्ड माउण्ट एभरेष्टको बिक्रि वितरण गरिरहेको उहाँको कम्पनीले अहिले करामा, बरदुबई, सतुवा, देरा र अलनादा क्षेत्रलाई फोकस गरी बजार विस्तार गरिरहेको छ । दुबईमा क्षेत्रमा धेरै ब्राण्डको पानी विक्रिवितरण हुदै आएकोमा आफुहरुको ब्राण्डमा अरु ब्राण्डभन्दा केहि फरक र आफनै विशेषताले भरिएको लम्साल बताउँछन । 
 
आफुहरुले वितरण गर्दै आएको पानीको ब्राण्ड नेम माउण्ट एभरेष्ट जुराउन यही व्यवसायमा सहयात्री बन्दै आएका आफ्नै भिनाजु गोकुलप्रसाद पराजुलीको हात रहेको लम्साल खुलाउँछन् । ‘अहिले दुबईमा विश्वभरका नागरिक घुम्न आउछन, बजारमा माउण्ट एभरेष्टको बोर्ड रहेको हाम्रो गाडि देख्दा उनीहरुले ओ ! माउण्ट एभरेष्ट ! दिस प्लेस इज नेपाल ! भन्दा खुसी लाग्छ’ लम्साल भन्छन् ‘व्यवसायसँगै आफ्नो देशको पर्यटन प्रवद्र्धनमा थोरै भएपनि माउण्ट एभरेष्ट ब्राण्डले योगदान पनि पुराओस् भन्ने हाम्रो मनशाय छ ।’ 


 
माउण्ट एभरेष्ट ब्राण्डको पानीमा सोडियम तत्व कम र प्रोटिन ज्यादा रहेको हुदा यो स्वास्थ्यका लागि पनि फाइदाजनक भएको व्यवसायी लम्साल बताउँछन । अहिले यो ब्राण्डको पानी दुबईको बजारमा फाइभ ग्यालन साइजमा उपलब्ध रहेको बताउदै लम्साल आगामी दिनमा ५०० एमएल र २०० एमएलको बोतलमा पनि लञ्च गर्ने तयारी गरिरहेको बताउँछन् । उनी यति मात्र नभएर भोलीका दिनमा नेपालबाटै यूएईमा पानी भित्र्याउने बारे पनि आफुहरु अध्ययनमा रहेको बताउँछन् ।
 
पानी सबैको अपरिहार्य आवश्यक्ता भएको बताउँदै लम्साल दुबईमा रहनुभएका नेपालीहरुलाई आफ्नै मुलुकको ब्राण्डलाई माया गरिदिन आग्रह गर्दछन् । उनी भन्छन—‘आखिर तपाईहरुले जुन ब्राण्डको भए पनि पानी पिइराख्नुनै भएको छ यसैले अब नेपाली ब्राण्डलाई माया गरिदिनोस् । हाम्रो पानी अन्य ब्राण्डभन्दा कुनै कुरामा कम पनि छैन र मूल्य पनि सुलभ छ ।’ 
 
एउटा नेपाली युवाले प्रवासी भूमिमा व्यापार व्यवसाय मात्र होइन नेपाली ब्राण्ड स्थापित गर्नु र पर्यटन प्रवद्र्धनमा अप्रत्यक्ष योगदान दिनु सराहनीय प्रयत्न हो । यसमा यूएईमा रहेका सम्पूर्ण नेपालीले साथ, सहयोग र सदभाव दिने हो भने भोलीका दिनमा प्रवासमा धेरै नेपाली ब्राण्ड त स्थापीत हुने थिए नै नेपाली बजारको अन्तर्राष्ट्रियकरणमा पनि यी प्रयत्नले ठुलो टेवा पुर्याउने थियो । 
   
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
2.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
3.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
4.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
5.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
6.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
7.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
8.   दुबईमा नेपाली ब्राण्डको पानी
9.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
10.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
11.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
12.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
13.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
14.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
15.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
16.   रसुवाली समाज यूएईको गठन
17.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
18.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
19.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
20.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
21.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
22.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
23.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
24.   कात्तिके देउराली समाज कोरियामा गौतम
25.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
Results 387: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media