मंगलवार, बैशाख ११ गते, २०७५
शनिवार, २०७४ चैत्र १६ गते ०१:२९

सुमन गिरी / फणिन्द्र दाहाल, वैदेशिक रोजगार नेपालीहरुको बाध्यता भएपनि अब वैदेशिक रोजगारीको क्षेत्रमा रहेका आम नेपालीको सीप र पूँजि उपयोग गर्दै मुलुक समृद्धिको खाका कोर्ने समय आइसकेको पूर्व उद्योगमन्त्री तथा प्रतिनिधीसभा सदस्य महेश बस्नेतले बताएका छन् । यूएईमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले अब युवाहरुलाई औधोगिक चेतनाका साथै उद्यमशिलतामा प्रेरित गर्नुपर्नेमा जोड दिए ।
 
नीजि भ्रमणका लागि यूएई आइपुगेका पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य बस्नेतको स्वागतार्थ प्रवासी नेपाली मञ्च दुबई कमिटिद्धारा आयोजित परिचयात्मक तथा रात्रीभोज कार्यक्रममा बोल्दै बस्नेतले मुलुक समृद्धिका लागि युवाहरुको पनि दायित्व रहेको बताउँदै विदेशमा कमाएको सीप र पूँजिलाई स्वदेशमा उद्योगधन्दा तथा कलकारखानामा लगाई स्वदेशमै रोजगारी सिर्जना गर्न सबै पक्ष प्रतिवद्ध बन्नुपर्ने बताए ।


 
पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य बस्नेतले आफ्नो सीप र क्षमता खियाउदै प्रवासमा पसिना बगाइरहेका नेपालीहरुको कारण नै विकराल अवस्थामा पनि देशको अर्थतन्त्र टिकेको स्मरण गर्दै यी प्रवासी नेपालीका यावत समस्याका विषयमा आफुले सम्वन्धित मन्त्रालय तथा निकायमा कुरा राख्ने बताउँदै राज्य उनीहरुप्रति उत्तरदायी बन्ने समेत बताए ।  


 
कार्यक्रममा प्रवासी नेपाली मञ्च यूएई राष्ट्रिय कमिटिका अध्यक्ष श्याम कडेलले राज्यसँग प्रवासी नेपालीको अपेक्षा धेरै रहेको बताउँदै वैदेशिक रोजगारीको क्षेत्रबाट देश फर्किएपछि अधिकांश नेपालीको उद्योगधन्दामा लाग्ने चाहनाभएको हुदा सरकारले यसका लागि उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउँनुपर्नेमा जोड दिएका थिए ।


 
कार्यक्रमको समापन गर्दै प्रवासी नेपाली मञ्च दुबई राज्य कमिटिका अध्यक्ष मणिराम खतिवडाले देशमा भर्खरै मात्र स्थिर सरकार बनेकाले अब भने नेपाली तथा प्रवासी नेपालीका हितका खातिर आशालाग्दा काम हुनेमा सबै नेपाली विश्वस्त रहेको बताए । कार्यक्रममा प्रवासी नेपाली मञ्च यूएईका विभिन्न राज्य कमिटिका प्रतिनिधीहरु तथा सुभेच्छुकहरुको व्यापक सहभागिता रहेको थियो । 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
2.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
3.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
4.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
5.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
6.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
7.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
8.   दुबईमा नेपाली ब्राण्डको पानी
9.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
10.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
11.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
12.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
13.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
14.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
15.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
16.   रसुवाली समाज यूएईको गठन
17.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
18.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
19.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
20.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
21.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
22.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
23.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
24.   कात्तिके देउराली समाज कोरियामा गौतम
25.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
Results 387: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media