मंगलवार, बैशाख ११ गते, २०७५
मेनपावरको नभई स्वतन्त्र एजेण्टको माग
बुधवार, २०७४ चैत्र १३ गते ०४:४५

 
रोजगार मञ्च । वैदेशिक रोजगारको क्षेत्रमा रहेको ठगी तथा बिकृती केही दिन भित्रै हटाउने प्रतिवद्धता जनाइरहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई झापा जिल्लामा क्रियाशिल एजेण्ट तथा प्रतिनिधिहरुले भेटी मेनपावर एजेण्टको व्यवस्थालाई व्यवस्थित र मर्यादित बनाउन माग गरेका छन् । 
 
झापाबाट मन्त्रीलाई ज्ञापनपत्र बुझाउन आएका एजेण्ट तथा प्रतिनिधिहरुले कुनै मेनपावरको सीमित एजेण्ट नभई प्रयाप्त धरौटी राखेर स्वतन्त्र एजेण्ट राख्न पाउनु पर्ने माग राखेका छन् । 
 
वैदेशिक रोजगार व्यवसायी एजेण्ट प्रतिनिधि शाखा संघ तदर्थ समिति झापाका अध्यक्ष धनबहादुर पान्दाकको नेतृत्वमा आएका एजेण्ट तथा प्रतिनिधिहरुले तत्काल जथाभावी रहेका अनधिकृत एजेण्टलाई हटाई व्यवस्थित गर्न आग्रह गरेका छन् । 
 
‘हामी स्थानीय तहमा बसेर काम गर्छौ तर यो क्षेत्र व्यवस्थित बन्न सकेको छैन’ अध्यक्ष पान्दाकले भने–‘ अन्य क्षेत्रको जस्तो यस क्षेत्रको एजेण्टलाई पनि मेनपावरको लगाम नलगाई स्वतन्त्र राख्न पाइयोस्, यसका लागि धरौटी थप्न सकिन्छ ।’ उनले आउन लागेको वैदेशिक रोजगार ऐनमा नै एजेण्टको व्यवस्थालाई स्पष्टरुपमा राख्न आग्रह गरेका छन् । 
 
मेनपावरको मूख्य कार्यालयले गल्ति गर्दा एजेण्ट तथा प्रतिनिधिलाई देखाउने परिपाटीले वैदेशिक रोजगारको क्षेत्र व्यवस्थित बन्न नसकेको संघको ठम्याई छ । 


 
यता मन्त्री विष्टले कानूनदेखि बाहिर गएर कसैले काम गर्न नपाउने र केही दिनमा नै एजेण्ट तथा प्रतिनिधिका समस्यालाई किनारा लगाउने बताए । उनले भने–‘ गाउँ गाउँमा वैदेशिक रोजगारका दलालको विगविगी छ, यसलाई नियन्त्रण गर्नैपर्छ ।’
 
अनधिकृत एजेण्ट तथा प्रतिनिधिहरुका गतिविधिका कारण वैदेशिक रोजगारमा ठगी बढिरहेको छ । मेनपावरले एजेण्टलाई देखाउने र एजेण्टले मेनपावरलाई देखाउने परिपाटीको अन्त्य हुनैपर्छ । हरेक क्षेत्र जिम्मेवार बन्नै पर्छ ।   
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
2.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
3.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
4.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
5.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
6.   कतारले कामदारको क्षतिपूर्ति दिने
7.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
8.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
9.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
10.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
11.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
12.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
13.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
14.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
15.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
16.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
17.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
18.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
19.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
20.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
21.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
22.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
23.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
24.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
25.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
Results 542: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media