मंगलवार, बैशाख ११ गते, २०७५
कामदारदेखि गेष्टहाउसको मालिकसम्मको यात्रा
बुधवार, २०७४ चैत्र १३ गते ०२:२५

सुमन गिरी / फणिन्द्र दाहाल, यूएई/ आजभन्दा करिब १८ वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा खाडि मुलुक यूएई छिरेका स्याङजाका युवा नेत्र शर्मा आज यूएईमा सफल व्यवसायीका रुपमा आफुलाई चिनाउन सफल भएका छन् । मेहनत, लगन र आट गर्न सके नेपालीले पनि विश्वका जुनसुकै मुलुकमा पनि व्यापार व्यवसाय गर्न र सफलता हासिल गर्न सक्छन भन्ने गतिलो उदाहरण हुन शर्मा ।
 
सन् २००० मा मेनुफेक्चरीङ कम्पनीमा प्रोडक्सन सुपरभाइजरको रुपमा यूएई प्रवेश गरेका शर्माले यसपछि एउटा क्लिनिङ कम्पनीमा अप्रेशन म्यानेजरको रुपमा आफुलाई उभ्याए । झण्डै १ दशक लामो कामको अनुभव सँगालिसकेका शर्माले यसपछि भने आफुलाई कामदारमा मात्र सीमित नराखेर यूएईमा आफै केहि व्यवसाय थाल्ने आट कसे ।
 
प्रवासी भूमिमा एउटा नेपालीले व्यापार व्यवसायको क्षेत्रमा हात हाल्नु कम्ता चुनौती होइन तथापी शर्माले सन् २०१० मा क्लिनिङ कम्पनी संचालनमा ल्याएर आफुलाई कामदारबाट व्यवसायीको बाटो तर्फ डो¥याएरै छाडे । उनका हाल यूएईमा अलअब्राह क्लिनिङ कम्पनी र गोल्डेन एभ्रेष्ट क्लिनिङ कम्पनी संचालनमा छन् । ‘व्यवसायको आटँ नगरेको भए आज पनि म जागिर नै गरिरहेको हुन्थे’ शर्मा विगत सम्झदै भन्छन -‘मसँगै काम गरिरहेका कैयौ साथी अझ पनि जागिर नै गरिरहेका छन् तर मैले रिस्क मोलेर व्यवसाय गर्ने चुनौती गरेकैले आजको अवस्थासम्म आइपुगेको हुँ जस्तो लाग्छ ।’


 
त्यसो त व्यवसायकै शिलशिलामा उनले अनगिन्ति चुनौती र हण्डर पनि नखाएका होइनन् । क्लिनिङ कम्पनीको व्यवसायमा विस्तारै सफलता चुम्दै गरेका उनमा थप व्यवसाय विस्तारको महत्वकांक्षा पलायो । फलत : सन् २०११ मा ग्यारेज व्यवसायमा पनि हात हालेका उनले यो व्यवसायबाट झण्डै १ मिलिनियम दिराम घाटा खाए । तर पनि उनले हिम्मत हारेनन् बरु यसले आफुलाई पाठ सिकाएको उनको भनाई छ । ‘नजानेको व्यवसायमा हात हाल्दा घाटा खान पुगियो । आफुले जानेको र आफ्नो लाइनको काम गरे मात्र सफलता मिल्छ भन्ने पाठ यही घटनाले मलाई सिकायो’ शर्मा विगत सम्झन्छन् । 
 
चुनौती, हण्डर र विषम परिस्थितीमा पनि सम्हालिदै अघि बढेका शर्माले आफ्नो व्यवसायीक दायरा फराकिलो बनाउँन भने कहिल्यै हिम्मत हारेनन् । र त सन् २०१६ मा गोल्डेन एभरेष्ट ट्राभल संचालनमा ल्याएर ट्राभल व्यवसायमा पनि आफुलाई लगाए । यसलगत्तै उनी रेष्टुरेन्ट व्यवसायको क्षेत्रमा पनि होमिए । उनीद्धारा संचालित सिल्भर स्पोन रेष्टुरेन्ट अहिले यूएईमा नेपालीले संचालनमा ल्याएको रेष्टुरेन्टहरुमा सर्वाधिक लोकप्रियमध्यमा पर्छ । यस्तै फुजेरामा सिल्भर स्टोन क्याफ्टेरिया पनि उनले चलाइरहेका छन् ।
 
यस्तै शर्माले विगत १ वर्षअघिदेखि यूएईमा जनरल ट्रेडिङ कम्पनी पनि संचालनमा ल्याएका छन् । यसले किचनका सामाग्री इन्डिया र चिनबाट निर्यात गरेर यूएईको बजारमा विक्रिवितरण गर्छ । 
 
पछिल्लो समय शर्माको चर्चा यूएईका नेपालीबीच थप चुलिदो छ । कारण उनको संलग्नतामा यूएईमा नेपाली गेष्टहाउस ‘लुम्बीनी ड्रिम गाड्रेन गेष्टहाउस एलएलसी’ संचालनमा आएको छ । यूएईको बरदुवईमा रहेको पुरानो सरकारी भवनलाई मर्मत गरेर संचालनमा आएको यो गेस्ट हाउस नेपालीको लगानीको पहिलो गेस्टहाउस पनि हो । ‘झण्डै १ वर्षदेखिको तयारी पछि हामीले हालसालै गेष्ट हाउस संचालनमा ल्याएका छौ यो हाम्रो महत्वकांक्षी प्रोजेक्ट पनि हो ।’
 
यूएईमा सफल नेपाली व्यवसायीको पहिचान बनाउँन सफल शर्मा अबको आफ्नो योजना भने स्वदेशमा व्यवसाय विस्तार गर्ने रहेको बताउँछन् । ‘यूएईमा भएको व्यवसाय संस्थागत गरेपछि अबको नयाँ व्यवसाय विस्तार भने नेपालमै गर्ने मेरो महत्वकांक्षा छ’ शर्मा भन्छन—‘अब हामी युवाहरुले स्वदेशको समृद्धिमा पनि केहि योगदान दिने बेला आइसकेको छ त्यसैले मैले पनि आफुले सिकेको सीप र आर्जित पूजिलाई अबको प्रोजेक्टमार्फत देशमा लगाउने अठोट गरेको छु ।’


 
६ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेका शर्माका व्यवसायमा अधिकांश कामदार भने नेपालीनै छन् । यसका अलवा उनका व्यवसायमा भारतीय, पाकिस्तानी, बंगाली कामदारले पनि रोजगारी पाएका छन् । ‘अहिले स्वदेशमा लगानीको वातावरण पनि बनिरहेको छ, यसैले अबका दिनमा स्वदेशमै व्यवसाय गरेर केहि नेपालीहरुलाई भएपनि रोजगारी दिन सकिन्छ की भन्ने मेरो सोचाई छ ।’
 
सफल व्यवसायीका अलवा यूएईको नेपाली समाजमा समाजसेवीकोसमेत पहिचान बनाएका शर्मा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका प्रथम उपाध्यक्ष पनि हुन । यूएईमा दुःखमा परेका कैयन नेपालीको सहायतामा अग्रपंक्तिमा देखिने उनी सीप र ज्ञान लिएर आएमा यूएईमा नेपालीका लागि प्रशस्त अवसर रहेको र समस्याका घटना पनि नआउने बताउछन् ।
 
प्रवासी भूमिमा सफल व्यवसायी र समाजसेवीका रुपमा आफुलाई स्थापित गर्न सफल नेत्र शर्मा जस्ता युवाहरु अब देशलाई पनि खाचो रहेको यर्थाथताकाबीच अब स्वदेशमा आफ्नो लगानी विस्तारको योजना बनाइरहेका शर्माको बाटो प्रवासमा रहेका अरु यस्तै सफल युवाहरुले पनि पछयाउने की ?  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
2.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
3.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
4.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
5.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
6.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
7.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
8.   दुबईमा नेपाली ब्राण्डको पानी
9.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
10.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
11.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
12.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
13.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
14.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
15.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
16.   रसुवाली समाज यूएईको गठन
17.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
18.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
19.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
20.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
21.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
22.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
23.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
24.   कात्तिके देउराली समाज कोरियामा गौतम
25.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
Results 387: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media