सोमवार, बैशाख १० गते, २०७५
मंगलवार, २०७४ चैत्र १३ गते २१:०३

    
सरकारले सातै प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र सांसदलाई रातो पासपोर्ट कुटनीतिक राहदानी सुविधा दिने भएको छ।  संघीयता कार्यान्वयनसँगै प्रदेशमा निर्वाचित पदाधिकारी तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुखसहितलाई रातो पासपोर्ट दिने निर्णय मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको हो । 
 
यो निर्णयअनुसार सातै प्रदेशका ५ सय ५० सांसद र सात प्रदेश प्रमुखले रातो पासपोर्ट पाउनेछन्।
 
प्रदेशका पदाधिकारीका अतिरिक्त जिल्ला समन्वय समितिका संयोजक र महानगरपालिकाका प्रमुखलाई समेत यो सुविधा दिने निर्णय भएको संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए।
 
यो निर्णयबाट ७७ जिल्लाका जिसस संयोजक र काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगन्ज र विराटनगर महानगरपालिकाका मेयरले समेत रातो पासपोर्ट पाउनेछन् । स्थानीय तहमा मात्रै रातो पासपोर्ट पाउनेको संख्या ८३ हुनेछ ।
 
यसअघि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्षरउपाध्यक्ष, सांसद, प्रधानन्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, निजामती र सुरक्षा निकायका विशिष्ट श्रेणीका अधिकारी, राजदूत तथा कूटनीतिक कर्मचारीलाई मात्र रातो पासपोर्ट दिइन्थ्यो । संघीयता कार्यान्वयनसँगै मुलुकमा रातो पासपोर्टधारीको संख्या बढेको हो ।
 
रातो पासपोर्टधारीले विदेश भ्रमण गर्दा आतिथ्य मुलुकले नेपालको विशिष्ट अधिकारीको सम्मानसहित कूटनीतिक च्यानलबाट प्रवेश दिनुका साथै सामान जाँचपडतालसमेत गर्दैन । यस्तै, मन्त्रिपरिषद्ले जिल्ला समन्वय समितिका उपसंयोजक, महानगरका उपप्रमुख, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई विशेष राहदानी ९ब्लु पासपोर्ट० दिने निर्णय गरेको छ ।
 
मुलुकभरका ७ सय ५३ स्थानीय तह ९६ महानगरका प्रमुखबाहेक० का १ हजार ५ सय जना र ७७ जिल्ला समन्वय समितिका उपसंयोजकले नीलो रंगको विशेष राहदानी पाउनेछन् । सरकारले निजामती प्रशासनका शाखा अधिकृतदेखि सहसचिवसम्मलाई यो सुविधा दिँदै आएको छ । स्थानीय तहका पदाधिकारीलाई समेत सरकारले सहसचिवसरहको हैसियत दिएर विशेष राहदानी दिने निर्णय गरेको हो ।
 
कूटनीतिक (रातो) पासपोर्ट
 
पहिले : राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्षरउपाध्यक्ष, सांसद, प्रधानन्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, निजामती र सुरक्षा निकायका विशिष्ट श्रेणीका अधिकारी, राजदूत तथा कूटनीतिक कर्मचारी
 
अहिले थप : प्रदेश मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, जिसस संयोजक र महानगर प्रमुख
 
आजको कान्तिपुरबाट 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
2.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
3.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
4.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
5.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
6.   आइजिपी दुई खनाललाई दर्ज्यानी चिन्ह प्रदान
7.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
8.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
9.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
10.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
11.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
12.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
13.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
14.   आज रामनवमी र चैते दशैें
15.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
16.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
17.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
18.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
19.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
20.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
21.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
22.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
23.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
24.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
25.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
Results 684: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media