मंगलवार, बैशाख ११ गते, २०७५
मंगलवार, २०७४ चैत्र १२ गते ०१:०३

 
गैरआवासीय नेपाली सोसल क्लव ओमानले बार्षिक साधरण सभा सम्पन्न गरेको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लवले आगामी रणनीति  पास गरेको छ ।
 
क्लवको गत बर्षको गतिविधि तथा पार्षद सदस्यहरुसंग छलफल र आगामी रणनीति तय गर्नका लागि बार्षिक साधरणसभा आयोजना गरेको सोसल क्लवका प्रबक्ता बिकल झाले जानकारी दिए । 
 
कार्यक्रमको सभापतित्व सोसल क्लवका अध्यक्ष दिपक श्रेष्ठले गरेका थिए भने विशेष अतिथि एनआरएनआइसीसी सचिव डि.बि क्षेत्री र मध्यपूर्व संयोजक आर.के शर्मा उपस्थित भएका थिए । ओमान स्थित लगभग डेढ दर्जन संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहेका थिए । 
 
कार्यक्रममा सोसल क्लवका कोषाध्यक्षले आर्थिक बिवरण र एक बर्षे कार्यप्रगति बिवरण महासचिवले प्रस्तुत गरेका थिए । गत महाधिवेशनकोे घोषणापत्रको समिक्षा तथा बिभिन्न पाइपलाईनमा भएका एजेन्डाको बारेमा अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिएका थिए । 
 
कार्यक्रममा मध्यपूर्व क्षेत्रीय संयोजक आरके शर्माले युरोप अमेरिकामा रहेका नेपालीहरुले बर्तमान समयमा मध्यपूर्वका दुख पीडालाई बुझेर साथ दिइरहेको बताए । उनले मध्यपूर्वमा रहेका नेपालीहरु समस्या नीतिगतरुपमा नै समाधान गर्न पहल भइरहेको जानकारी दिए । एनआरएनए सचिव डि.बि क्षेत्रीले एकजुट भएर नेपाल र नेपालीको सेवामा लाग्नु पर्नेमा जोड दिए । 


 
कार्यक्रमलाई संवोधन गर्दै राजदुत ढकालले दुतावास नेपालीका हितमा हुने सोसल क्लवका सम्पुर्ण कार्यहरुमा हातेमालो गर्न सधै तत्पर रहेको र नेपालीहरुको सेवाका लागि दुतावासको ढोका चौविसै घण्टा खुल्ला रहेको बताइन् । बर्तमान समयमा स्थिर सरकार बनिसकेकोले अव नेपालीहरुको समस्या समाधानको लागि सरकारसंग ताकेता गर्न पनि सहज हुने उनको भनाई थियो ।  
 
कार्यक्रममा ओमानका बिभिन्न क्षेत्रबाट नेपालीहरु उपस्थित भएका थिए । कार्यक्रम संञ्चालन नगेन्द्र पौडेलले गरेका थिए र कार्यक्रममा समाजसेवामा सहयोग गरेका बिभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।
 
पि.बि श्रेष्ठ मस्कट, ओमान 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
2.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
3.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
4.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
5.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
6.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
7.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
8.   दुबईमा नेपाली ब्राण्डको पानी
9.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
10.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
11.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
12.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
13.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
14.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
15.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
16.   रसुवाली समाज यूएईको गठन
17.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
18.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
19.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
20.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
21.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
22.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
23.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
24.   कात्तिके देउराली समाज कोरियामा गौतम
25.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
Results 387: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media