मंगलवार, बैशाख ११ गते, २०७५
सोमवार, २०७४ चैत्र ११ गते ०१:४७

 
काठमाडौं उपत्यकामा रहेका १८ वटा ब्यवसायिक संघहरु मिलेर बनेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्नो माग र मुद्धासहितका सरकारी निकायमा ज्ञापनपत्र बुझाउन थालेको छ । 
 
महासंघको पहिलो महाधिबेशनबाट निर्वाचित अध्यक्ष नरेश कटुवालको नेतृत्वमा गएको समूहले आइतबार पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई भेटी ज्ञापनपत्र बुझाएको छ । साना तथा मझौला व्यवसायीका समस्या धेरै रहेकाले राज्यतहबाट नै संवोधन गर्नका लागि पूर्वप्रधानमन्त्रीको ध्यानाकर्षण महासंघले गराएको हो । 
 
महासंघले अर्थमन्त्री डा. युवराज खतिवडालाई उनकै कार्यकक्षमा भेटी केही दिन अगाडि नै आफ्ना माग र समाधानका उपायका बारेमा जानकारी गराइसकेको छ । 
 
आपसी एकता र सामूहिक प्रयासबाट मात्र ब्यवसायीक हितको प्रवद्र्धन, राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै सम्बृद्ध नेपालको परिकल्पनामा साथ दिने महासंघले जनाएको छ । 


 
महासंघले काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई समेत भेटेर आफ्नो ज्ञापनपत्र बुझाइसकेको छ । 
 
बर्तमान चुनौतिहरुलाई चिर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदानलाई वढाउने, ब्यवसाय मैत्री नीति लिनका लागि राज्यलाई घचघच्याउने काममा महासंघ अहिले अगाडि बढेको अध्यक्ष नरेश कटुवालले बताए । उनले भने–‘ हामी सरकारसँग उचित ब्यवसायीक वातावरण निर्माणका लागि भूमिका खेल्न आग्रह गर्दछौ ।’


 
महासंघले ठूला भनाउँदा र घरानीया ब्यवसायीलाई मात्र महत्व दिने राज्यको नीति पूर्वाग्राही भएकोले अनेकौ चुनौतिहरुबीच पनि ब्यवसाय गरेर हजारौ जनशक्तिका लागि स्वदेशमा नै रोजगारीको अवसर सृजना गरेको जनाएको छ । 
 
महासंघले सरकार समक्ष व्यवसाय र व्यवसायीको सुरक्षाको ग्यारेण्टी गर्न, निश्चित विधि र प्रक्रियामा रही बिनापूर्वाग्रहीढंगबाट अनुगमनलाई व्यवस्थित गर्न,  घर बहाल नीतिलाई वैज्ञानिक बनाउन, भन्सारमा सबै ब्यवसायीहरुको पहुँच स्थापित गरी सहजिकरण गर्न,  न्यून बिजीकरणको व्यवस्था गर्न, , ढुवानीमा कायम रहेको सिन्डिकेट प्रथाको अन्त्य गर्न, ब्यवसायी मैत्री ब्यवहार गर्न, ब्यवसायीलाई निभिबृतिकरणको व्यवस्था गरी सम्मान गर्न, ब्यवसाय संचालनार्थ न्युन ब्याजदरमा ऋण उपलब्ध गराउन लगायतका मा राखेका छन् । महासंघले तत्काल तातोपानी नाका खुलाउन पनि माग राखेको छ । सरकार र व्यवसायीबीच समन्वयकारी भूमिकाका लागि र महासंघलाई नीजि क्षेत्रको साझा संस्थाकोरुपमा प्रतिनिधित्व गर्न÷गराउन मुख्यरुपमा माग रहेको अध्यक्ष कटुवाल बताउँछन् । 


 
महासंघले उठाएको मुद्धा समयसापेक्ष र सान्दर्भिक भएकाले पूर्वप्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री खतिवडा र मेयर शाक्य सकारात्मक भएकोभन्दै माग पुरा गर्न सहयोग गर्ने बताए । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
2.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
3.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
4.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
5.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
6.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
7.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
8.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
9.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
10.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
11.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
12.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
13.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
14.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
15.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
16.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
17.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
18.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
19.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
20.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
21.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
22.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
23.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
24.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
25.   कोकाकोलाले ४० भाग्यशाली विजेतालाई विश्वकप हेर्न रुस लैजाने
Results 841: You are at page 1 of 34
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media