शनिवार, असार ०९ गते, २०७५
सोमवार, २०७४ चैत्र ११ गते ००:१४

 
सुमन गिरी/फणिन्द्र दाहाल, युएई, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको आयोजनामा सम्पन्न ‘अन्तर संघ संस्था मैत्रीपूर्ण फुटवल प्रतियोगिता’मा तमु समाज यूएई विजयी भएको छ । मार्च २३ मा बरदुवईको सफलपार्कमा सम्पन्न प्रतियोगितामा नवलपराशी समाज युएईलाई पराजित गर्दै तमु समाजले उपाधी चुमेको हो । 
 
यूएईमा रहेका संघसंस्थाहरुको टिमबीचको उक्त प्रतिष्पर्धामा १८ वटा टिमले सहभागिता जनाएका थिए । नेपाली राजदूतावासका द्धितीय सचिव कृष्ण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा विभिन्न संघसंस्थाका प्रतिनिधी तथा युएईमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

निकै प्रतिष्पर्धात्मक रहेको उक्त खेलमा उत्कृष्ट खेलाडि फर्सी ग्रुपका सुर्य गिरी, म्यान अफ द टुर्नामेन्ट फर्सी ग्रुपकै सुरज प्रधान र उच्च गोलकर्ता तमु समाजका अरुण गुरुङ घोषित भए । 


 
‘खेल खेलौ  स्वस्थ बनौ’ भन्ने नारासहित फुटबल प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । उनले भने—‘यूएईमा रहेका सम्पूर्ण संघ संस्थाहरुबीच हात्तेमालो र सहकार्य गर्नका लागि हामीले यो प्रतियोगिता आयोजना गरेका हौ ।’
 
एनआरएनए आइसीसी सदस्य ठाकुर ढुंगानाले यूएईमा व्यवसाय गर्ने तथा विभिन्न पेशा गर्ने नेपालीबीच आपसी भाइचाराको सम्वन्ध स्थापित गर्न यो प्रतियोगिता सफल हुनेमा आफु विश्वस्थ रहेको बताए । 
 

 
प्रतियोगितामा सहभागी रेमिट्यान्स सरोकार समूहका टिम क्याप्टेन सन्तोष प्रसाईले यूएईका विभिन्न एक्सचेन्ज हाउस, बैंक तथा रेमिट्यान्स कम्पनीमा कार्यरत कर्मचारीहरु पनि एकवद्ध बन्दै प्रतियोगितामा सहभागी भएको बताउदै यस्ता प्रतियोगिताले यूएईमा कार्यरत नेपालीहरुसँग आफुहरु नजिकिन पाउँदा बैंकिङ च्यानल प्रयोग थप बढने आफुहरुले अपेक्षा राखेको बताए ।


 
एनआरएनए यूएईले गत डिसेम्बरबाट डिसेम्बर महिनालाई खेलकुद महिना र जनवरीलाई स्वास्थ्य महिना घोषणा गर्दै विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको संघका महासचिव दिपक खडकाले बताए । उनले आगामी दिनमा पनि एनआरएनएले यूएईले यस्ता कार्यक्रम गर्दै जाने बताए ।    
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
2.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
3.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
4.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
5.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
6.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
7.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
8.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
9.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
10.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
11.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
12.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
13.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
14.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
15.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
16.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
17.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
18.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
19.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
20.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
21.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
22.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
23.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
24.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
25.   एनआरएनएको अस्तित्व संकटमा
Results 406: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media