सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब अल अन्सारी एक्स्चेन्ज कुवेत बाट पनि सुरु भएको छ ।सो सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतको क्यास एक्सप्रेस वल्डवाइड मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सीधै रकम पठाउन सकिने भएकोछ ।
अल अन्सारी एक्स्चेन्जको ९ वटा रेमिटान्स सेन्टरहरुबाट अब नेपालमा सीधै नगद पठाउन सकिने छ । त्यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरको ५५ सय भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने छ ।
अल अन्सारी एक्स्चेन्जका उच्च व्यबस्थापन पक्षले सिटी एक्सप्रेस संग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी यक्त गर्दै आगामी दिन हरु मा सिटी एक्सप्रेस संग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिनु भयो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा छट्टै पहिचान बनाउदै बिगत ११ वर्ष देखि बिश्वभरी आफ्नो रेमिट एजेन्टहरुबाट ५५ सय भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।