मंगलवार, बैशाख ११ गते, २०७५
बुधवार, २०७४ चैत्र ०६ गते ०७:३०

 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नराम्रो र ठगी काम गर्ने मेनपावरहरुलाई ‘डाइनोसर’ बन्न तयार हुन सुझाएका छन् । राम्रो काम गर्नेहरु बाँच्ने तर ठगी गर्ने र नराम्रो कार्य गर्नेहरु डाइनोसर जस्तै लोप गराइदिने चेतावनी मन्त्री विष्टले दिएका हुन् । 
 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार राजधानीमा आयोजना गरेको बधाई तथा अन्तक्रिया कार्यक्रममा मन्त्री विष्टले मेनपावर व्यवसायी अगाडि नै नियम मिच्ने र नेपालीहरुलाई ठग्ने नियत भएकाहरुले व्यवसायबाट नै हात धुनु पर्ने बताएका छन् । उनले भने–‘व्यवसायीहरुले नविकरण गर्नुहोला, चुस्तदुरुस्त रहनु होला नत्र डाइनोसर हुनुपर्ला ।’
 
मन्त्री विष्टले वैदेशिक रोजगारका नाममा भइरहेका ‘सिण्डिकेट’ कुनै पनि हालतमा हटाउने बताउँदै यस क्षेत्रमा हुने विकृतिलाई जसरी भए पनि शुन्यमा झार्ने बताएका छन् । 


प्रदेश नं ६ का आर्थिक मामिला तथा योजनामन्त्री तथा एमालेका नेता प्रकाश ज्वालाले कामदार, व्यवसायी र सरकारलाई वीन वीन हुने काम गर्नु पर्ने बताएका छन् । सो कार्यक्रममा पूर्व श्रममन्त्री लेखराज भट्ट मर्यादित र सम्मानित बनाउनु पर्ने औल्याए ।



संघका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारमा जाने कामदारलाई कसैले पनि शोषण गर्न नहुने बताउँदै यस क्षेत्रमा भएका सिण्डिकेट हटाउनु पर्ने बताए । 



 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
2.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
3.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
4.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
5.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
6.   कतारले कामदारको क्षतिपूर्ति दिने
7.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
8.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
9.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
10.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
11.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
12.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
13.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
14.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
15.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
16.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
17.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
18.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
19.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
20.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
21.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
22.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
23.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
24.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
25.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
Results 542: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media