मंगलवार, बैशाख ११ गते, २०७५
शनिवार, २०७४ चैत्र ०२ गते ००:१८

वैदेशिक रोजगारीका लागि जोर्डन जाने कामदारको स्वास्थ्य परीक्षण पाँचवटा मात्र मेडिकलले गर्न पाउने भएका छन् । अन्य देशले छुट्टै मेडिकल सेन्टर छनौट गरे झै जोर्डनले ५ वटा मेडिकल छानेको जनाएको छ । 
 
श्रोतका अनुसार जोर्डनमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न छानिएका मेडिकल सेन्टरहरुमा अनमोल मेडिकल सेन्टर, मदिना मेडिकल सेन्टर , मिता पोलिक्लिनिक सेन्टर, हिमालयन डाईनोष्टिक सेन्टर र साई पोलिक्निक रहेका छन् ।
 
नेपाल र जोर्डनबीच गत कात्तिक १ गते घरेलु कामदारसहितको श्रम सम्झौता हस्ताक्षर भएको थियो । उक्त श्रम सम्झौता हुँदा अन्तिम समयमा जोर्डन जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था जोर्डन सरकारको सम्बन्धित निकायले अनुगमन गरी छनोट गर्ने वाक्यांश पारिएको थियो ।
 
 त्यसमा तत्कालीन श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले आपत्ति जनाएपछि  नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकृत २ सय ३५ वटै मेडिकल मध्येबाटै जोर्डन जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने तर नेपालमा भएको स्वास्थ्य परीक्षण जोर्डनको मेडिकल इन्टिच्युटले प्रमाणीकरण गरेपछि मान्य हुने शर्त सम्झौतामा समावेश गरिएको बताइएको छ ।
 
श्रम सम्झौता हुँदा  स्वास्थ्य परीक्षणमा जोर्डनी पक्ष हावी हुने विषय आएपछि शुरुमा तत्कालीन श्रम तथा रोजगार मन्त्री मन्सुरले त्यसमा असहमति जनाएको तर अन्तिममा मन्त्रीले नै चाल नपाउने गरी  मेडिकल सम्बन्धी प्रावधान प्रवेश गराइएको बताइएको छ । कात्तिक १ गते सम्झौता भएपछि मन्त्री स्वदेश फर्किनासाथ सम्झौताको प्रावधान अनुसार सबै मेडिकलले स्वास्थ्य परीक्षण गर्न सूचीकृत हुन आउनु भन्ने सूचना श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गर्नुपर्ने थियो तर मन्त्रालयले त्यस्तो सार्वजनिक सूचना जारी गरेको आफूहरु कसैलाई जानकारी नभएको अधिकांश स्वास्थ्य व्यवसायी बताउँछन् । 

समाचार स्रोतका अनुसार जोर्डनका लागि छानिएका भनिएका उल्लेखित पाँच वटा मेडिकलमध्ये केहीको सञ्चालकमा वैदेशिक रोजगार व्यवसायी नै संलग्न छन् । सूत्रका अनुसार पाँच वटा मेडिकलको मात्र नाम छानिएको भनिएपछि त्यसमा घरेलु कामदार सरोकार समाजले आपत्ति प्रकट गरेको थियो । जोर्डनी पक्षका तर्फबाट करिव ४ महिना अगाडि नेपाल आएको एक प्रतिनिधिमण्डलसँग भएको छलफलपछि करिव ७० वटा मेडिकलमा जोर्डनी पक्षले अनुगमन गरेको थियो ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
2.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
3.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
4.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
5.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
6.   कतारले कामदारको क्षतिपूर्ति दिने
7.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
8.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
9.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
10.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
11.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
12.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
13.   श्रम तथा रोजगार मन्त्रालयमा विष्टको प्रवेश
14.   जोर्डन जानेले यी ५ मेडिकल नै जानु पर्ने
15.   गृहमन्त्रीको वैदेशिक रोजगारमा हुने ठगीमा चासो
16.   विभागमा संस्थागत भन्दा व्यक्तिगत उजुरी धेरै (भिडियो रिपोर्टसहित)
17.   यूएई जानेको आर्थिकभार अझ बढ्दै, प्रहरी रिपोर्ट प्रमाणीकरणको जिम्मा दुई ट्राभल्सलाई
18.   नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा, चैत्र ८ देखि १७ सम्म आवेदन खुल्ला
19.   राम्रो जागिरको लोभमा ठगिए ४ सय युवा
20.   युएई दुतावास परिसरमा भीड बढेपछि प्रहरीसँगको सहकार्यमा रोजगार मिडियाले ग¥यो टोकन वितरण
21.   कोरियाले सन् २०१९ मा ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने
22.   अवैधरुपमा विदेश गएका नेपाली महिलाका समस्याबारे जनचेतना
23.   दूतावासमै युएई जाने नेपालीको भीड, एउटै छापको लागि घण्टौ लाइन र चर्को शुल्क
24.   संघियता लागूभए सँगै ठूलो सङ्ख्यामा कर्मचारी आवश्यक
25.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
Results 542: You are at page 1 of 22
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media