सोमवार, बैशाख १० गते, २०७५
पुनर्निर्माणका लागि सम्झौता
शुक्रवार, २०७४ चैत्र ०१ गते ०२:३२

 
भूकम्पपछि बन्द रहेको तातोपानी नाका शुचारु गर्न चीन सरकारले चासो देखाएको छ ।  
 
भूकम्पमा क्षति पुगेको नाकाको चेकपोइन्ट पुनर्निर्माणका लागि  बिहीबार नेपाल र चीनबीच सम्झौता भएको हो ।
 
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएपछि बन्द रहेको तातोपानी नाका पुनर्निर्माण गर्ने सम्झौतामा बिहीबार अर्थ मन्त्रालयमा सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले हस्ताक्षर गरे । 
 
भूकम्पले भत्किएको नाकामा रहेको चीनियाँ पक्षको चेक पोइन्ट छिट्टै बनाउने चीनले जानकारी दिएको अर्थमन्त्रालयले जनाएको छ ।  
 
अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डेकाअनुसार चेक पोइन्ट पुनर्निर्माण गर्न चीन सहमत भएसँगै छिट्टै नाका खुल्ने विश्वास सरकारले गरेको छ ।  उनले भने, ‘चीन भत्किएको चेक पोइन्ट पुनर्निर्माण गर्न सहमत भएको छ, यसलाई चीन छिट्टै नाका खोल्न पनि तयार हुनेछ भन्ने बुझ्नुपर्छ । यसअघि चीनले नेपाल तिरको बाटो पुनर्निर्माणका लागि दिएको १६ अर्ब पनि खर्च गर्दै छिटो काम गरे छिट्टै नाका सुचारु हुनेछ ।’
 
यो सम्झौताअन्तर्गत पुनःनिर्माणको काम अघि बढेमा एक वर्षभित्रमा तातोपानी व्यापार नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ । काठमाडौँदेखि तातोपानी नाकासम्मको अरनिको राजमार्गको मर्मत तथा विस्तार गर्न यसअघि दुवै देशबीच सम्झौता भई काम शुरु भइसकेको छ ।
 
यसअघि गत असारमा काठमाडौंमा सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११औं बैठकमा दुबै देशका पदाधिकारी सो नाका खुलाउन सहमत भएका थिए । बैठकमै भन्सार नाकाको पुनर्निर्माण र थप संरक्षण कार्यको लागि करिव २ अर्ब रुपैयाँ चीन सरकारले छुट्याएको चिनियाँ पक्षले जानकारी सरकारलाई गराएको थियो ।
 
बिहिबार भएको सम्झौतामा नेपालको भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोग अन्तर्गत तातोपानी भन्सार नाकासँगै सिन्धुपलाञ्चोक अस्पताल र जिरी माविको पुनःनिर्माणको विषय समेत समेटिएको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
2.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
3.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
4.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
5.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
6.   आइजिपी दुई खनाललाई दर्ज्यानी चिन्ह प्रदान
7.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
8.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
9.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
10.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
11.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
12.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
13.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
14.   आज रामनवमी र चैते दशैें
15.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
16.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
17.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
18.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
19.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
20.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
21.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
22.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
23.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
24.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
25.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
Results 684: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media