सोमवार, बैशाख १० गते, २०७५
विहिवार, २०७४ चैत्र ०१ गते २१:३१

 
लक्ष्मण दर्नाल / आज बिहीबार चैत १ देखि सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाउन रोक लगाइएको छ । सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन बन्द गर्ने सरकारी निर्णय प्रभावकारी कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले बिहीबारबाट देशैभर अनुगमन टोली परिचालन गरेको छ । 
 
विभागका अनुसार देशभर २७ वटा समूह निर्माण गरी अनुगमन थालिएको छ । बिहीबार काठमाडौँमा बिहान ९ बजेदेखि र काठमाडौँ बाहिर बिहान ७ बजेदेखि अनुगमन गरिने छ । २० वर्ष पुराना सवारीसाधन चलाएको पाइएमा तत्काल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइने विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए । 
 
महानिर्देशक भट्टराईले भने, २० वर्ष पुराना गाडी चलाएको पाइएमा तत्काल गाडी नियन्त्रणमा लिइन्छ, सवारीधनीलाई करचुक्ता गर्न लगाइन्छ र सो गाडीलाई पत्रु बनाइन्छ, पुनः प्रयोग गर्न नमिल्ने बनाइन्छ । अनुगमनका लागि विभागले आफ्ना कर्मचारी सहित ट्राफिक प्रहरी र मिडियालाई अनुगमन समूहमा राखेको छ । 
 
तर यातायात व्यवसायीले भने सरकारी निर्णय मान्य नहुने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार केन्द्रीय समितिको बैठकमा २० वर्ष पुराना गाडी चलाउन व्यवसायीलाई निर्देशन दिएको छ । चल्न नसक्ने सवारीसाधनलाई आफूहरू हटाउन तयार रहेको तर एकतर्फी सरकारी निर्णय मान्य नहुने महासङ्घले जनाएको छ । 
 
महासङ्घका महासचिव सरोज सिटौलाले भने, काम नलाग्ने गाडी हामी हटाउँछौँ तर वर्ष तोकिनु भएन कुनै गाडी १० वर्षमै काम नलाग्ने हुन्छ, कुनै गाडी २०/३० वर्ष चल्छ त्यसकारणले यो मापदण्ड वैज्ञानिक र व्यवहारिक भएन । 
 
सवारीसाधनको चेकजाँच वैज्ञानिक तरिकाले गरेर गाडीको अवस्था हेरेर मात्र हटाउनुपर्ने महासचिव सिटौलाले बताए । उनले भने, केन्द्रीय कमिटिको बैठकबाट निर्णय गरेर हामी गाडी चलाउन निर्देशन दिइसक्यौँ, हामीसँग सल्लाह नै नगरी निर्णय गरियो एकतर्फी निर्णय हामी मान्दैनौँ । 
 
२०७३ फागुनदेखि काठमाडौँबाट हटाइएका २० वर्ष पुराना सवारीसाधन उपत्यका बाहिरका रुटमा सञ्चालन भएपछि विभागले देशभर रोक लगाउने भएको हो । चैतमा २० वर्ष पुगेका गाडीलाई विभागले कुनै पनि रुटमा चल्ने इजजात रोक्नेछ । पुराना सवारीको नामसारी रोकिने र बिक्री वितरणमा पनि प्रतिवन्ध लगाइने विभागले जनाएको छ । 
 
महानिर्देशक भट्टराईले भने, २० वर्ष पुराना गाडी कुनै पनि हालतमा चल्न दिँदैनौ, यसले दुर्घटना र वातावरणमा ठूलो असर गरेको छ, सामान्यता नेपालको सन्दर्भमा गाडीको आयु २० वर्ष हुने गरेको छ । 
 
२० वर्ष पुगेको सार्वजनिक सवारीसाधन हटाउँदा व्यवसायीलाई कुनै असर नगर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सार्वजनिक सवारीको हकमा सिधा हिसाब गर्दा पनि १२ वर्षको अवधिमा लगानी उठिसकेको हुन्छ, बाँकी आठ वर्ष त नाफा कमाइसकेको हुन्छ, यसमा व्यवसायी नमान्नु पर्ने कुनै कारण छैन नमाने कारबाही गर्छौँ । 
 
देशभर झण्डै १० हजारको सङ्ख्यामा २० वर्ष पुराना सवारीसाधन रहेको विभागले जनाएको छ । हाल विभागले नयाँ सवारीसाधन दर्ता गर्दा पनि २० वर्ष आयु तोक्नेगरेको छ । पुराना गाडीले यात्रु बोक्न निकै जोखिम हुने र वातावरण प्रदूषण पनि हुने हुँदा निषेध गरिएको हो । साथै सहरी सुन्दरतालाई पनि ध्यानमा राखिएको विभागले जनाएको छ । पुराना गाडी नियन्त्रण नगर्दा मर्मतसम्भार गरेर चलाउने गरेको र दुर्घटना हुने विभागको दाबी छ ।
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
2.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
3.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
4.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
5.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
6.   आइजिपी दुई खनाललाई दर्ज्यानी चिन्ह प्रदान
7.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
8.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
9.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
10.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
11.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
12.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
13.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
14.   आज रामनवमी र चैते दशैें
15.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
16.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
17.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
18.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
19.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
20.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
21.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
22.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
23.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
24.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
25.   आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा
Results 684: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media