सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:३८

 
 
वैदेशिक रोजगारमा हुने गरेका ठगीका बारेमा नजिकबाट बुझेका गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार श्रम मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । 
 
मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा स्वदेशमा नै भइरहेका ठगीका बारे विशेष चासो लिएका थिए । 
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ । 
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज हुने बताएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
151.   आप्रवासी कामदारको समस्या जटिल बन्दैछ : आयुक्त पाठक
152.   वैदेशिक रोजगारमा बीमा, फाइदा अनेक
153.   ईपीएस भाषा परीक्षा सुरु, ७५ हजार परीक्षार्थी सहभागी
154.   उम्मेदवार छनोटको विवादमा होइन, दुइ तिहाईले चुनाव जित्ने रणनीति बनाउन केन्द्रित छ फोरम : ढकाल
155.   जनतालाई प्रभावकारी सेवा सरल ढंगमा दिन नवनियुक्त श्रम मन्त्री मन्सुरको ध्यानाकर्षण
156.   राजनीति गर्ने भए स्थानीय चुनावमा जानु संघमा होइन : गुरुङ
157.   फोरमलाई झड्का, फोरमकी तेजु मञ्चबाट उम्मेदवार
158.   कतारमा विकसित घटनाक्रमले नेपालीको रोजगारीमा कुनै असर पर्दैन : नेपाली राजदूत रमेश कोइराला सँगको एक्सक्लुसिभ अन्तर्वार्ता
159.   कतार जानेहरुको श्रम स्वीकृति रोकियो
160.   संघ नेतृत्वमा जाने आकांक्षिको मन दुखाउदैनौ : गेलाल
161.   आज र भोलि सम्ममा अध्यक्षको टुंगो नलगाए फोरमले दुर्भाग्यपूर्ण परिणाम भोग्छ (हेर्नुस भिडियो)
162.   स्वदेशमै रोजगारी सिर्जना गर्न पाँच खर्बको औद्योगिक विकास कोष खोलिने
163.   महानिर्देशकज्यू,ठाउमा बस्नुस नत्र ठेगान लगाउन हामीलाइ पनि आउछ : ढकाल
164.   फोरमले संख्याको दम्भ नदेखाए हुन्छ, हामी धेरै माथि छौं : गेलाल (हेर्नुस भिडियो)
165.   वैदेशिक रोजगार व्यवसायी संघको चुनाव असार १७ मा हुने
166.   किरणकिशोरलाई उम्मेदवार बन्न नदिन फोरमभित्रै चलखेल
167.   म प्रष्ट भन्दिन्छु बिमलजी र विष्णुजीले बाटो छेकेर बन्धक बनाए : न्यौपाने (हेर्नुस भिडियो)
168.   केयरगिभर परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)
169.   कतारमा चार वर्षपछि राजदूत
170.   दलहरुको घोषणामा रोजगार नै रोजगार, होला त पुरा ?
171.   ९७ परीक्षार्थीले दिए केयरगिभरको परीक्षा, नतिजा बुधबार प्रकाशित हुने
172.   इजरायल जान छनोट भएका केयरगिभरको परीक्षा सुरु, ९७ परीक्षार्थी सहभागी
173.   दलका घोषणापत्रमा रोजगार नै रोजगारका प्रतिबद्धता
174.   अमेरिका डिभी लट्रीको नतिजा सार्वजनिक
175.   केयरगिभरका लागि छनोट भए १ सय योग्य उम्मेदवार, वैशाख २४ मा परीक्षा (नामावलीसहित)
Results 568: You are at page 7 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media