सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:३८

 
 
वैदेशिक रोजगारमा हुने गरेका ठगीका बारेमा नजिकबाट बुझेका गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार श्रम मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । 
 
मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा स्वदेशमा नै भइरहेका ठगीका बारे विशेष चासो लिएका थिए । 
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ । 
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज हुने बताएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
101.   मेनपावरको धरौटी नगद १ करोड सहित वैदेशिक रोजगार ऐनको संशोधित मस्यौदा तयार
102.   सर्लाही र सुनसरीका बाढी पीडितलाई संघको टोलीले दियो राहत सामाग्री
103.   दोस्रो नाफिया कर्पोरेट व्याडमिण्टन प्रतियोगिता भाद्र ३१ बाट, बिजेतालाई नगद ५० हजार
104.   अन्तर्वार्ता लिँदै १ लाख बढी असुल्ने इन्टरनेसनल जबलिंक विभागको फन्दामा
105.   बढी पैसा असुल्ने मेनपावर खारेज गर्ने महानिर्देशक पाण्डेको चेतावनी
106.   अन्तर मन्त्रालय सहकार्य भए वैदेशिक रोजगारका समस्या न्युनिकरण गर्न सहज हुन्छ : परराष्ट्रमन्त्री
107.   पूर्वी क्षेत्रका बाढीपीडितको पिडामा मल्हम लगाउदै व्यवसायी संघको टोली
108.   सिआईबीमा पुगेको सिण्डिकेटका फाइल उपर गृहराज्यमन्त्रीको नजर
109.   ६ मुलुकमा श्रम सहचारी र कन्सुलर नियुक्त, कुन देशमा को ?
110.   रोजगारी चाहियो या कर्मचारी ? खोज्नुहोस यसरी
111.   आप्रवासन,मानव बेचबिखन र बालश्रम प्रति बेलायतको विशेष चासो छ : राजदूत मोरिस
112.   वैदेशिक रोजगार नेवा समाजको अध्यक्षमा प्रधान
113.   ‘पैसाको आडमा ८ जिल्लामा ४३ संस्थालाई अभिमुखीकरण तालिम संचालनको अनुमति’
114.   बेरोजगार युवालाई रोजगारी दिन भृकुटीमण्डपमा शुक्रबारदेखि मेला
115.   ‘अन्तरघातीले चुनौती दिँदा पनि फोरम अध्यक्ष फोन अफ गरेर बस्छन भने यो भन्दा लज्जास्पद र नालायकी अरु के हुनसक्छ’
116.   विवरण नबुझाउने मेनपावर कम्पनीलाई स्पष्टीकरण लिन थालियो
117.   संघ निर्वाचनमा ‘अन्तरघात’ गर्नेलाई उन्मुक्ति दिंदै फोरम
118.   सरकारी जागिरको सूचना अब शुक्रवार मात्रै प्रकाशन हुने
119.   विदेशिने कामदारसँग लिइने कल्याणकारी शुल्कमा बृद्धि
120.   कतार संकटको असर, नेपालीको रोजगारीको अवसर खुम्चने खतरा
121.   वैदेशिक रोजगारीका नाममा हुने ठगि हेर्न गृहमन्त्रालयले छुट्टै स्पेशल फोर्स बनाउँने
122.   व्यवसायी संघ र पत्रकार समाज सहकार्य गर्ने
123.   मुलुकमा रोजगारी सिर्जना भए पनि वैदेशिक रोजगार रोकिदैन,तर यो क्षेत्रलाई व्यवस्थित गर्ने चुनौती सबै सामु छ : पूर्वप्रम प्रचण्ड (भिडियोसहित)
124.   इपीएस भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तीर्ण
125.   सामाजिक सुरक्षा विधेयक पारित, बेरोजगार भत्ताको व्यवस्था हट्यो
Results 568: You are at page 5 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media