सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:३८

 
 
वैदेशिक रोजगारमा हुने गरेका ठगीका बारेमा नजिकबाट बुझेका गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार श्रम मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । 
 
मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा स्वदेशमा नै भइरहेका ठगीका बारे विशेष चासो लिएका थिए । 
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ । 
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज हुने बताएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
51.   सात महिनामै थपिए दुई सय नयाँ म्यानपावर
52.   वैदेशिक रोजगारसम्बन्धी तालीम सेन्टर सञ्चालनमा
53.   नयाँ मेनपावरको दर्ता रोक्नेकी खोल्ने ?
54.   अमेरिकामा ‘टिपिएस रिजोलुसन’ पारित, १४ हजार नेपालीले पाए 'वर्क परमिट'
55.   कोरियाले एकैपटक पठायो ११ सयको श्रम सम्झौता
56.   वैदेशिक रोजगार विभागको महानिर्देशकमा आचार्य
57.   यूएई जानेलाई आर्थिक भार थपिदै
58.   अमेरिकी राष्ट्रपतिको ‘ब्रेकफास्ट मिटिङ’ मा वैदेशिक रोजगार व्यवसायीहरुको सहभागीता हुने
59.   सातै प्रदेशमा गरी ६ सय कर्मचारी खटाइयो
60.   वैदेशिक रोजगारीको नाममा जनप्रतिनिधिबाटै ठगी
61.   प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए
62.   स्थानीय तहका पाँच हजार सामाजिक परिचालक पुर्नवहालीको माग गर्दै सडकमा
63.   कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प खुला, फागुन १४ सम्म निवेदन दिन सकिने
64.   जोर्डनमा घरेलू कामदार लैजान तोकियो २३ संस्थाहरु
65.   विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू
66.   फोरमले दियो श्रम मन्त्री र काँग्रेसका नेतालाई ज्ञापनपत्र
67.   अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपालीको उद्धार
68.   मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने
69.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवस मनाइयो (फोटो फिचर)
70.   अन्तर्राष्ट्रिय आप्रवाशन दिवसको यस बर्षको नारा ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’
71.   सेवा शुल्क सम्बन्धी नीति परिमार्जन नगरिए कडा कदम चाल्ने संघको चेतावनी
72.   लोकसेवाले ३९० जना शाखा अधिकृतको दरखास्त आह्वान
73.   अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन मूल आयोजक समिति गठन
74.   वैदेशिक रोजगार विभागले फेरि पायो नयाँ महानिर्देशक
75.   कारबाही फुकुवा गर्न महानिर्देशक पाण्डेले अन्य मेनपावरबाट पनि लाखौ लिएको खुलासा
Results 568: You are at page 3 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media