सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:३८

 
 
वैदेशिक रोजगारमा हुने गरेका ठगीका बारेमा नजिकबाट बुझेका गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार श्रम मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । 
 
मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा स्वदेशमा नै भइरहेका ठगीका बारे विशेष चासो लिएका थिए । 
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ । 
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज हुने बताएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
501.   प्रगतिशिलद्धारा महिला भलिबल खेलाडीलाई सम्मान
502.   कोरियामा नेपाली कामदारको तलब बढ्दै
503.   प्रगतिशिल रोजगार व्यवसायीले छुट्टै संघ खोल्ने चेतावनी
504.   वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्नेमा ओलीको जोड
505.   सार्कको घोषणा पत्रमा आप्रवासनको मुद्धा
506.   श्रम गन्तव्य खोज्न गठित समितिले पूर्णता पायो
507.   ब्यवस्थित वैदेशिक रोजगारका लागि आकर्षणको अन्तरक्रिया
508.   व्यवसायिक कृषिमा आकर्षित भए युवा
509.   कतारमा दक्ष जनशक्तिको माग:राजदूत हमर
510.   राहदानी विभाग पनि दुई सत्रमा सञ्चालन
511.   वैदेशिक रोजगारको सामाजिक पीडा
512.   मलेसियामा मृत्यु भएका दुई परिवारले पाए राहत
513.   एकता समितिको छुट्टै मेडिकल सेन्टर सुचारु
514.   मलेसियामा घाइते नेपालीलाई १ करोड ७ लाख क्षतिपुर्ति
515.   अवैध रुपमा अमेरिका जाने ३४ नेपाली पक्राउ
516.   वैदेशिक रोजगारमा हाउसमेडमा जान महिला कामदारलाई रोक
517.   इजरायलले पाँच हजार नेपाली लैजाने
518.   बर्दिया बाढी पीडितलाई प्याराडाइज इन्टरनेशनलको सहयोग
519.   मलेसियाले घरेलु नेपाली कामदार लिने घोषणा
520.   सेप्टेम्बर १ बाट बायोमेट्रिक अनिवार्य लागू गर्नु पर्ने मलेसियाको निर्णय
521.   कोरियाली भाषा परिक्षाको आवेदन फाराम खुल्यो
522.   रिजल्ट देखाउनुहोस् नत्र सरकारले कठोर नीति ल्याउँछ ः सचिव शिवाकोटी
523.   उड्ने बेलामा होइन पहिला नै तालिम प्रदान गर्ने गृहकार्य
524.   इराकबाट उद्धार गरिएका ११ नेपाल त्रिभुवन विमानस्थलमा (एक्स्क्लुसिव भिडिओ)
525.   आकर्षणको नवौ बाषिकोत्सवमा फलफुल वितरण
Results 568: You are at page 21 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media