सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:३८

 
 
वैदेशिक रोजगारमा हुने गरेका ठगीका बारेमा नजिकबाट बुझेका गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार श्रम मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । 
 
मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा स्वदेशमा नै भइरहेका ठगीका बारे विशेष चासो लिएका थिए । 
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ । 
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज हुने बताएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
476.   वैदेशिक रोजगारीमा शुल्क प्रणाली लागू गर्ने तयारी
477.   कोरिया भाषा परीक्षाको आवेदन आजबाट खुल्ला
478.   इजरायलमा नेपाली कामदार सरकारले नै पठाउँदै
479.   इपीएसको आवेदन फारम खुल्यो
480.   बेरोजगारलाई रोजगार दिन सरकारलाई आदेश
481.   मृतक चौधरीको परिवारलाई एसओएस मेनपावरको सहयोग
482.   व्यवसायी संघको चुनाव बैशाखमा हुन्छ त ?
483.   म आफै पीडित भएको छु: मेनपावर व्यवसायी
484.   मलेसियाबाट फर्कियो संसदिय समिति
485.   दुवै देशका सरकारको कमजोरीले मलेसियामा नेपालीलाई दुख
486.   कोरियाको नेपाली दूतावास नेपालीप्रति नै बेखबर
487.   वैदेशिक रोजगार पत्रकार समाजमा नयाँ नेतृत्व
488.   कोरिया जाने युवा भन्छन्-'सरकारी निकायले नै ठग्यो'
489.   खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती
490.   कोरिया जाने चक्करमा यसरी ठगिए युवा
491.   संघका अध्यक्ष वाग्लेलाई पितृ शोक
492.   संघको साधारण सभा पुन आगामी शुक्रबार हुने
493.   जिल्ला प्रशासनको निर्देशन नटेर्दै संघले साधारणसभा गर्ने
494.   लोग्ने खोज्न मलेसिया
495.   भिएलएन नेपालको दर्ता खारेजी नहुने
496.   पुसमा ४५ हजार नेपाली बिदेसिए
497.   यूरोपियन मापदण्डको गोर्खा सेक्युरिटी संचालनमा
498.   कानूनीरुपमा संचालन भइरहेको भिएलएन नेपालको दावी
499.   मलेसियामा थुनामा परेका नेपालीको चित्कार
500.   विदेश जाँदा कति लाग्छ ?
Results 568: You are at page 20 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media