सोमवार, असार ११ गते, २०७५
मंगलवार, २०७४ फाल्गुन २९ गते २२:३८

 
 
वैदेशिक रोजगारमा हुने गरेका ठगीका बारेमा नजिकबाट बुझेका गृहमन्त्री रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्चपदस्थ अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका नाममा भएका ठगीबारे शोधखोज गरेका छन् ।
 
मन्त्री थापाले सोमबार श्रम मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई मन्त्रालयमै बोलाएर यसबारे शोधखोज गरेका हुन् । 
 
मन्त्री थापाले मुख्यतः विभागमा परेका ठगी सम्बन्धी उजुरीहरु र तिनको फस्र्योटका साथै पीडित कामदारहरुलाई न्याय दिलाउन भएका कार्यहरुको विवरण माग गरेका थिए । मन्त्री थापाले खासगरी मलेसिया रोजगारीका लागि जाने क्रममा स्वदेशमा नै भइरहेका ठगीका बारे विशेष चासो लिएका थिए । 
 
मन्त्री थापाले श्रमका अधिकारीहरुलाई अब प्रहरीका तर्फबाट पनि वैदेशिक रोजगारीमा भएका ठगीबारे अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४  अनुसार  वैदेशिक रोजगार ठगीको अनुसन्धान गर्ने अख्तियारी र अधिकार  विभागलाई दिइएको छ । 
 
गृहमन्त्री प्रशासनिक अनुभवमा नयाँ भएपनि हालका गृहसचिव मोहनकृष्ण सापकोटा भने वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक हुन् । गृहमन्त्री थापाले वैदेशिक रोजगारदाता संस्थाले कामदारमाथि गरिरहेको ठगी तथा शोषण रोक्न कडा कदम चाल्न पनि विभागलाई निर्देशन दिएका छन् ।
 
गृहमन्त्री थापाले विदेश जाने कामदारबाट विना आधार तोकिएको भन्दा बढी रकम लिने, करार अनुसारको काम र तलब नपाउने जस्ता समस्याले कामदार पीडित भएको गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न वैदेशिक रोजगार संस्था, म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याउन विभागलाई निर्देशन दिएका हुन् । पीडितले विभागमा दिएको उजुरीमा भएको ढिलासुस्ती हटाउन र तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि मन्त्री थापाले महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् ।
 
महानिर्देशक आचार्यले गृहमन्त्रालयले नै वैदेशिक रोजगारको ठगीबारे विशेष चासो लिएपछि विभागलाई काम गर्न झन सहज हुने बताएका छन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
426.   ‘म माथि मेनपावर व्यवसायीले सुनियोजित आक्रमण गरे’ (भिडियो सहित)
427.   फ्री भिषा र फ्री टिकट लागु हुँदा विदेश जाने घटे
428.   महानिर्देशक सुवेदीलाई कालोमोसो र कुटपिट
429.   इजरायल जाने मापदण्ड तोकियो
430.   अन्तत बायोमेट्रिक लागु
431.   नेपाली कामदार इजरायल जाने बाटो खुल्यो (भिडियो सहित)
432.   महासंघद्वारा ४ सदस्य मनोनित
433.   ३१ बूँदे सहमति खारेज हुनुपर्ने व्यवसायीको माग
434.   संघको भेलामा कुर्सी हानाहान
435.   सरकारसँगको सहमतिलाई लिएर व्यवसायीहरुमा विवाद
436.   गत आवमा सवैभन्दा बढी कामदार विदेश पठाउनेमा एसओएस (सुचि सहित)
437.   लागु भएन फ्रि टिकट, कान्तिपुरमै हाँकाहाँकी विज्ञापन
438.   ‘सरकारसँगको सम्झौता दुवै पक्षको जीत’
439.   अब फ्री भिसा र फ्री टिकटको विषय मिल्यो
440.   फ्री भीषा फ्री टिकटमा आफै चुके मेनपावर व्यवसायी
441.   ५ हजारमा मिलेन मन्त्रालय र व्यवसायीको वार्ता
442.   मेनपावर व्यवसायी–मन्त्रालय वार्ता सहमति नजिक
443.   श्रम मन्त्रालय र व्यवसायीबीच वार्ता जारी
444.   कुर्सीमा बस्ने मेनपावर व्यवसायीलाई गर्मीमा आन्दोलन नगर्न मन्त्रीको आग्रह
445.   व्यवसायीले नटेरे जीटुजी मार्फत कामदार पठाउन सकिन्छ : मन्त्री गुरुङ
446.   व्यवसाय ठप्प पार्दै वैदेशिक रोजगार व्यवसायीहरुको आन्दोलन जारी
447.   सरकारले निर्णय फिर्ता नगरे मेनपावर अनिश्चितकाल बन्द
448.   “फ्री भिसा, फ्री टिकट” सरकारले लागु गरेरै छोड्ने
449.   संघमा विमल ढकाल विजयी (मत परिणामसहित)
450.   वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा सम्पन्न
Results 568: You are at page 18 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media